प्रस, पर्सागढी, २९ असोज/
पर्सागढीका किसानहरूले लगाएको पायोनियर धानको बीउबाट उत्पादन बढेको बताएका छन् ।
पायोनियर कम्पनीले पर्सागढी नगरपालिकाका केही किसानलाई यसपटक नमूनाको लागि प्रतिकिसान ५ किलो धानको बीउ निश्शुल्क दिएको थियो । केही किसानले निश्शुल्क पाएको बीउसँगै सोही कम्पनीको थप बीउ रोपेका र अन्य वर्षभन्दा बढी उत्पादन भएको दाबी गरेका छन ।
किसान साबिर अन्सारीले अन्य धानको बीउ लगाउँदा १६ कट्ठा जग्गामा २३ क्वीन्टलसम्म धान उत्पादन हुने
गरेको तर पायोनियर धानको बीउबाट २७ क्वीन्टल धान यस वर्ष उत्पादन भएको बताए । पायोनियर कम्पनीले आज पर्सागढीमा किसानहरूसँग साक्षात्कार गर्दा उनले सो कुरा बताए । किसानको खेतमा पुगेर कम्पनीका बजार प्रतिनिधि सन्दीप चौधरीले स्थानीय बीउ भण्डारका सञ्चालकहरू र किसानसँग साक्षात्कार गरेका थिए । पायोनियर धान रोपेका किसानहरूको धान काटेर तौल गरिएको थियो ।