असोज १ गतेदेखि बालबालिकालाई खोप दिइने

प्रमोद यादव, पंचगावाँ, २९ भदौ/
कोरोना महामारीको कारण प्रभावित भएको खोप कार्यक्रम असोज १ गतेदेखि पर्सा जिल्लामा सञ्चालन हुने भएको छ।
पर्सा जिल्लाका केही स्वास्थ्य चौकी/केन्द्रका स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएपछि बालबालिकालाई नियमितरूपमा दिइने खोप प्रभावित भएकोमा असोज १ गतेदेखि खोप कार्यक्रमलाई निरन्तरता दिइने स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले बताए। उनले असोज १ गतेदेखि भौतिक दूरी कायम गरी बालबालिकालाई खोप लगाइने बताए।
जन्मेदेखि १५ महीनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध प्रत्येक महीना सातपटक खोप लगाइने गरिएकोमा लकडाउन र निषेधाज्ञाको कारण प्रभावित भएको पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जगन्नाथ साहले बताए।
पर्सा जिल्लामा १३ हजार ३ सय बालबालिकालाई प्रत्येक महीना खोप दिइने गरिएकोमा महामारीको कारण स्थगित भएकोले असोज १ गतेदेखि खोप कार्यक्रमलाई निरन्तरता दिइने खोप अधिकृत सिंहले बताए। यसअघि, पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here