प्रस, पोखरिया, २७ भदौ/
पोखरिया नगरपालिका र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा पोखरियाको मुख्य सडकमा वृक्षरोपण गरिएको छ।
पोखरिया नपा–७ को मूल सडकमा नगरप्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, जसपाका नेता निजामुद्दीन समानी, वडाध्यक्ष नन्दलाल पटेललगायतले वृक्षरोपण गरेका थिए।
विभिन्न प्रजातिका सय थान बिरुवा सडकको दायाँ–बायाँ रोपिएको जसपाका नेता समानीले बताए।