२०७७ भदौ २२ गते सोमवारको प्रतीक दैनिक
निषेधाज्ञाको ५२औं दिन वीरगंजमा चहलपहल
प्रस, वीरगंज, २१ भदौ/ निषेधाज्ञाको ५२औं दिन आइतवार वीरगंज महानगरका पसलहरू सञ्चालनमा आएपछि चहलपहल बढेको छ। निषेधाज्ञाको ५०औं दिन पहिलोचोटि शुक्रवार आंशिकरूपमा पसल सञ्चालन हुँदा खासै चहलपहल देखिएको थिएन। शुक्रवार मुख्य सडकको पश्चिमतर्फ र उत्तरतर्फका पसलहरू सञ्चालन भएका थिए। शनिवार सम्पूर्ण पसल बन्द रह्यो भने आइतवार ५२औं दिन पूर्वतर्फ र दक्षिणतर्फका पसलहरू सञ्चालनमा आएका छन्। […]
गरुडा घटनाको विरोधमा पर्सामा दलितद्वारा प्रदर्शन
प्रस, वीरगंज, २१ भदौ/ दलित सङ्घर्ष समिति पर्साले रौतहटको गरुडामा यातना दिएर विजय महरा रामको हत्या गरेको विरोधमा कालिकामाई गाउँपालिकामा प्रदर्शन गरेको छ। स्थानीय दलित अगुवा जयकुमार पासवानको अध्यक्षता र दलित सङ्घर्ष समिति पर्साका लालबिहारी रामको प्रमुख आतिथ्यमा कालिकामाई गापामा मोटरसाइकल, साइकल –याली निकालिएको थियो। –यालीले गाउँपरिक्रमा गरेपछि मुडली गाउँमा कोणसभा गरिएको थियो। कोणसभामा सहभागीहरूले […]
निषेधाज्ञा हटेपछि गाउँमा मदिरापसल सञ्चालन
प्रस, पंचगावाँ, २१ भदौ/ सखुवाप्रसौनी गाउँपालिकामा अहिले दिनदहाडै मदिरा बिक्री हुने होटलहरू सञ्चालन भइरहेका छन्। निषेधाज्ञा हटेसँगै दिउँसो ३ देखि राति १० बजेसम्म मदिरा बिक्री हुने होटलहरू धमाधम सञ्चालनमा आएका छन्। निषेधाज्ञाको कारण लुकीछिपी बिक्री गर्ने मदिरापसलहरू अहिले खुलेआम सञ्चालनमा आएका छन्। सखुवाप्रसौनी गापाको श्रीपुर पंचगावाँ, पटेर्वासुगौली गापा–२ पलोटाँडी चोक, रङ्गपुर बजार, बहुदरमाई नगरपालिकाको डोकैला […]
वीरगंजका चारवटा पसललाई जरिवाना
प्रस, वीरगंज, २१ भदौ/ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले सरोकारावाला कार्यालयहरूसँगको सहकार्यमा वीरगंज महानगरपालिकाका केही पसलमा अनुगमन गरी कारबाई गरेको छ। वीरगंज महानगर–९ पानगल्ली र रानीघाट क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा वाणिज्यले अनुगमन गरी चार वटा पसललाई कारबाई गरेको हो। मूल्यसूची नराखेको, बिक्री बिल उपलब्ध नगराएको र म्याद नाघेका […]
इन्टरनेट सेवा प्रभावकारी भएन
प्रस, सेढवा, २१ भदौ/ पर्साका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा प्रभावकारी हुन सकेको छैन। लकडाउन, निषेधाज्ञामा इन्टरनेट सेवा तोकिए अनुसारको प्राप्त नभएको स्थानीयले गुनासो गरेका छन्। जीराभवानी गाउँपालिका–३ नौकाटोलाका दीपेन्द्र चौधरीले लकडाउन र निषेधाज्ञामा इन्टरनेट सेवा लिएका ग्रामीण क्षेत्रका मानिसहरू ठगिएको बताए। उनले तोकिए अनुसारको इन्टरनेट स्पीड उपलब्ध नगराइएको बताए। यसैगरी, इन्टरनेट सेवा बेलाबेलामा अवरुद्ध हुने […]
एकल महिलाहरूलाई राहत वितरण
प्रस, वीरगंज, २१ भदौ/ वीरगंज महानगर–१८ मा असहाय एकल महिलाहरूलाई राहत वितरण गरिएको छ। वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले १५१ जना असहाय एकल महिलालाई राहत वितरण गरिएको बताए। वडाको भवानीपुर, सौराहा, इनर्वा र सुखचैना टोलमा २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, आधा किलो सोयाबिन र एउटा साबुन वितरण गरिएको वडाध्यक्ष कुर्मीले बताए। उनले मुख्यमन्त्री […]
प्रसौनीमा ५३ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, २१ भदौ/ नेकपा बारा, प्रसौनी गाउँपालिका–५ र ६ द्वारा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्। वडाध्यक्ष बृजकिशोर कुशवाहाको अध्यक्षता तथा नेकपा बाराका नेता अनिलकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो। नेकपाका स्थानीय नेता उमेश कुशवाहाले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा सञ्जय ठाकुर, सुरेश चौहान, सरोज मण्डल, सुरेश कुशवाहा, […]
तेजाब पीडितलाई आर्थिक सहयोग
काठमाडौं, २१ भदौ/रासस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तेजाबपीडित बालिका मुस्कान खातुनलाई अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले रु ५० हजार प्रदान गरेका छन्। मन्त्री भट्टराईले बालिका र उनका बुबालाई कार्यकक्षमा आइतवार आमन्त्रण गरी सहयोग गरे। गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगंजमा बालिकामाथि दुर्ई युवाले तेजाब प्रहार […]
पाठक मञ्च
श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय।विषय : किसानको दुःखबारे जानकारी ज्ञापन दिएको छु।उपरोक्त सम्बन्धमा म पर्टेवासुगौली गाउँपालिका–२ रङ्गपुरमा बस्ने गरीब र ऋण पीडित किसान हुँ। करीब ३० कट्ठा खेती गरी परिवारको पालनपोषण गर्दछु। रङ्गपुरमा चारवटा किरानापसलबाट मल बिक्री हुन्छ। अहिले त्यहाँ मल छैन। सखुवाप्रसौनी गाउँपालिकामा मल आयो तर पसलेले रु १८०० मा खरीद गरेकोले […]