सामुदायिक आइसोलेशन कमाइखाने भाँडो

प्रस, वीरगंज, १९ भदौ/    कोरोना सङ्क्रमितहरूको नाममा केहीले कमाइखाने भाँडो बनाएका छन्। पर्सा जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि खासगरी वीरगंज महानगरपालिकामा सङ्क्रमितको नाममा कमाउने धन्धा शुरू भएको छ।    लक्षण देखिएका सङ्क्रमितहरूलाई तोकिएको कोभिड अस्पतालमा भर्ना गर्नुपर्ने अथवा सङ्क्रमितले होम आइसोलेशन वा सामुदायिक आइसोलेशन तथा पे–आइसोलेशनमा बस्ने इच्छा जाहेर गर्नुपर्ने हुन्छ। अहिले वीरगंजमा सङ्क्रमितहरूको खोजीनीति गर्ने […]

पचासौं दिन वीरगंज आंशिक खुल्यो

प्रस, वीरगंज, १९ भदौ/    वीरगंज महानगरपालिकामा निषेधाज्ञा लागू भएको पचास दिनपछि बजार आंशिकरूपमा खुलेको छ।    जिल्ला प्रशासन कार्यालय, पर्साले भदौ १८ गते सूचना जारी गरी निषेधाज्ञा भदौ २५ गतेसम्म लम्ब्याउने निर्णय गर्नुका साथै आजदेखि आंशिक बजार खोल्ने निर्णय गरेको थियो।    प्रशासनको निर्णय अनुसार आज पहिलो दिन मुख्य सडकको पश्चिमतर्फ र पूर्व–पश्चिम सडकको उत्तरतर्फका पसलहरू सञ्चालनमा […]

पर्सामा हालसम्म २३४४ सङ्क्रमित, १२७३ जना घर फर्के

प्रस, वीरगंज, १९ भदौ/    जिल्ला प्रशासन कार्यालय, पर्साले जारी गरेको कोरोनासम्बन्धी तथ्याङ्कमा भदौ १८ गतेसम्म पर्सा जिल्लामा २३४४ जना सङ्क्रमित पुष्टि भएको उल्लेख छ।    सङ्क्रमितमध्ये १८२२ जना पुरुष र ५२२ जना महिला छन्। यसैगरी, हालसम्म २४ जना भारतीय, १३६ जना स्वास्थ्यकर्मी, १२० जना सुरक्षाकर्मी, १४ जना सञ्चारकर्मी, १२० जना थुनुवा, ४९ जना अस्पताल सफाइकर्मी, गार्ड, […]

५ महिलासहित १७५ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, १९ भदौ/    नेपाल कम्युनिस्ट पार्टीले बाराको परवानीपुर गाउँपालिकामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिलासहित १७५ जनाले रक्तदान गरेको ब्लड डोनर्स एशोसिएशन, पर्साका सहसचिव उमेश गुप्ताले बताए।    नेकपा परवानीपुरका नेता लालबहादुर पटेलको अध्यक्षता तथा केन्द्रीय सदस्य गोपाल ठाकुरको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा रेणुका थापा, मोदिन आलम, धु्रव साह, सीमादेवी चौहान, लक्ष्मिनीयादेवी धानुक, […]

मुसहर परिवारलाई छाक टार्न समस्या

नरेश यादव, पर्सागढी, १९ भदौ/    वीरगंज महानगरपालिका–३१ बेलवामा रहेको पचास घरपरिवार मुसहर बस्तीमा अहिले दुई छाक टार्न निकै समस्या भएको छ।    लकडाउन र निषेधाज्ञाको कारण बेरोजगार भएका बेलवाका मुसहर बस्तीमा अहिले कुनै पनि संस्थाले सहयोग गरेको छैन। चैत ११ गते लकडाउन शुरू भएपछि नगरपालिकाले राहत बाँडेको थियो। त्यसपछि असार महीनाभरि सानो पाइलाले खाना खुवाएर सहयोग […]

एमबिबिएस डाक्टर पुनः आन्दोलनको तयारीमा

राधेश्याम पटेल, वीरगंज, १९ भदौ/    वीरगंजका विभिन्न निजी अस्पतलामा कार्यरत डेढ सय एमबिबिएस डाक्टरहरूको तलब सुविधाको सम्बन्धमा उठेको माग तत्काल सम्बोधन नभएकोले ‘काम रोक’ आन्दोलनमा उत्रने चेतावनी आएको छ।    दुई साता अघिदेखि वीरगंजका एमबिबिएस डाक्टर (मेडिकल अफिसरहरू)ले वीरगंजमा दबाबमूलक चरणबद्ध आन्दोलन गर्दै आएका छन्। निजी अस्पतालहरूले २० वर्षे पुरानो सेवा सुविधा दिएको तथा कोभिड १९ […]

जडीबुटीको प्रयोग बढ्दै

महोत्तरी,  १९ भदौ/रासस    कोभिड–१९ महामारी नियन्त्रण गर्न महोत्तरीका गाउँ/नगर बस्तीमा जडीबुटीको प्रयोग ह्वात्तै बढेको छ।    विशेषगरी सामाजिक सञ्जालमा कोभिड–१९ विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउन बेसार, अदुवा, गुर्जाे, तुलसी, सिनकौली र पारिजातजस्ता वनस्पतीय जडीबुटी निकै प्रभावकारी हुने सन्देश बाक्लै देखिन थालेपछि पछिल्लो समय यहाँ त्यस्ता जडीबुटीको प्रयोग ह्वात्तै बढेको हो। यसबाहेक कोरोना सङ्क्रमण पुष्टि भएर दुर्ई […]

निजगढमा थप एकजना सङ्क्रमितको मृत्यु

प्रस, निजगढ, १९ भदौ/    कोरोना भाइरस सङ्क्रमितका कारण बारामा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ।    त्यस्तै, निजगढ नगरपालिका–९ का ५८ वर्षीय यामलाल श्रेष्ठको आज शुक्रवार बिहान करीब ५ बजे मृत्यु भएको आफन्तले जनाएका छन्। ४ वर्षदेखि मिर्गौलाका बिरामी श्रेष्ठलाई मधुमेहसमेत थियो। उनलाई गत भदौ १५ गते मिर्गौलाको उपचारका लागि काठमाडौंस्थित सुमेरू अस्पतालमा लगिएको थियो। उपचारअघि […]

रेडक्रसको स्थापना दिवसमा विविध कार्यक्रम

प्रस, वीरगंज, १९ भदौ/    नेपाल रेडक्रस सोसाइटीको ५८औं स्थापना दिवस पर्सा शाखाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। दिवसको अवसरमा शुक्रवार शाखा कार्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथि रेडक्रसका प्रदेश सभापति फूलमहमद मियाँले उद्घाटन गरेका थिए।    सो अवसरमा सभापति मियाँ, शाखा सभापति वीरेन्द्रराज कँडेल, उपसभापति मधु राणा, शाखाका मदन गुप्तालगायतले रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्वीरमा […]