५ महिलासहित १७५ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, १९ भदौ/
    नेपाल कम्युनिस्ट पार्टीले बाराको परवानीपुर गाउँपालिकामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिलासहित १७५ जनाले रक्तदान गरेको ब्लड डोनर्स एशोसिएशन, पर्साका सहसचिव उमेश गुप्ताले बताए।
    नेकपा परवानीपुरका नेता लालबहादुर पटेलको अध्यक्षता तथा केन्द्रीय सदस्य गोपाल ठाकुरको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रममा रेणुका थापा, मोदिन आलम, धु्रव साह, सीमादेवी चौहान, लक्ष्मिनीयादेवी धानुक, रमेन्द्र साह, अङ्गद हजरा, मदन साह, सुरेश यादव, दारासिंह पटेललगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्रप्रसाद कुशवाहाले बताए।
    रक्तदान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश राई, बाराका नेता मनोज पटेल, देवनारायण चौधरीलगायतको सहभागिता थियो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्