चिरञ्जीवी सापकोटा, ठोरी, १३ भदौ/
नेपालबाट अवैध तरीकाले भारततर्फ मदिरा पठाउने क्रममा प्रहरीले ५५ लिटर मदिरा बरामद गरेको छ। ठोरी गापा–३ रामनगरबाट जङ्गलको बाटो भारततर्फ लैजाने क्रममा मदिरा बरामद भएको हो।
प्रहरीलाई देखेर मदिरा ढुवानी गर्नेहरू फरार भएका र ५ लिटरको ११ वटा ग्यालेनमा मदिरा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्ष्Fक दीपक दाहालले बताए। केही ग्यालेन मदिरा भारततर्फ लैजान तस्करहरू सफल भएको उनले बताएका छन्। सशस्त्र प्रहरीले गस्तीको क्रममा बरामद मदिरा स्थानीय वडासदस्य छलिमाया गुरुङलगायतको रोहबरमा नष्ट गरेको छ।