एकजना महिलासहित २८ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, ८ भदौ/    वीरगंज महानगर–११ श्रीपुर मस्जिद टोलमा सोमवार नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २८ जनाले रक्तदान गरेका छन्।    कोरोना सङ्क्रमण फैलिएसँगै रगत अभाव भएपछि उपशाखा रानीघाटले रक्तदान कार्यक्रमको आयोजना गरेको उपशाखा सभापति दिनानाथ रौनियारले बताए। नेरेसो पर्साका उपमन्त्री नैना खातुनले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन्। कार्यक्रममा […]

महिलालाई जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मी पक्राउ

प्रस, निजगढ, ८ भदौ/    महिलालाई जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मीलाई निजगढ प्रहरीले आइतवार नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।    रौतहटको कटहरिया नगरपालिका–२ घर भई हाल निजगढ नगरपालिका–११ रतनपुर बजार टोलमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका २६ वर्षीय प्रमोद साह बनियालाई पक्राउ गरेको हो।    हिजो भदौ ७ गते आइतवार दिउँसो  करीब ११ः५५ बजे उपचारका लागि गएकी रतनपुरीकै एक […]

गाँजा/चरेस कारोबारी पक्राउ

प्रस, परवानीपुर, ८ भदौ/पाँच वर्षदेखि फरार लागूऔषध कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ६७ वर्षीय नागेन्द्रप्रसाद कलवारलाई आइतवार पक्राउ गरेको हो।पर्सा जिल्ला अदालतको फैसला अनुसार लागूऔषध गाँजा र चरेस मुद्दामा २०७२ माघ ४ गते ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो। कोरोना महामारीको […]

ठोरी जानेले क्वारेन्टाइनमा बस्नुपर्ने

माधव तिमल्सिना, ठोरी, ८ भदौ/    ठोरी गाउँपालिकाले गापाबाहिरबाट आएकाहरूलाई अनिवार्य क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नुपर्ने र पिसिआर परीक्षण गराउनुपर्ने निर्णय गरेको छ।    ठोरी गापाको कार्यालय घ्याङडाँडामा आइतवार सम्पन्न बैठकले यसअघि भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नुपर्ने र पिसिआर परीक्षण गर्नुपर्ने प्रावधान रहेकोमा अब उप्रान्त ठोरीबाहिरबाट प्रवेश गर्नेहरूलाईसमेत क्वारेन्टाइनमा राखेर पिसिआर परीक्ष्Fण गरिने […]

नेविसङ्घद्वारा निषेधाज्ञामा खाना वितरण

प्रस, वीरगंज, ८ भदौ/निषेधाज्ञा अवधिमा नेपाल विद्यार्थी सङ्घ, पर्साले खाना वितरण शुरू गरेको छ।लकडाउनको समयमा अधिकांश सङ्घसंस्थाले गरीब, दीनदुःखीका लागि खाना वितरण अभियान सञ्चालन गरे पनि निषेधाज्ञामा थोरै संस्थाले मात्र यो कार्य गर्दै आएका छन्। निषेधाज्ञामा साहेब दरबार र समर्पण सेवा संस्थाले संयुक्तरूपमा पहिलोपटक खाना वितरण कार्य शुरू गरेका थिए। स्विमिङपुलमा बिहानको खाना वितरण कार्य […]

डर कि निर्भयता

    कोरोनाले अहिलेसम्म भौतिकरूपमा विजय प्राप्त गरेको छ। विश्वमा ८ लाख मानिसको मृत्यु यस महामारीले गर्दा भइसकेको छ। केही मृत्यु महामारीको भयले भएको छ। कमजोर मनोबल हुनेहरू कैयौंले आत्महत्या गरेका छन् भने कैयौं यसको त्रासबाट मरेका छन्। विश्वमा प्रत्येक युगमा कुनै न कुनै सङ्कट आएकै छ। ती सङ्कटहरूमा यसभन्दा धेरै बढी मानिस मरेका छन्। कोरोनाविरुद्ध […]

कोरोना कहरमा न्यायिक जटिलता र सहजताको कानूनी उपाय

– अधिवक्ता वीरेन्द्रप्रसाद यादव    कोभिड–१९ ले विश्वभरिमा उत्पात मचाइरहेको छ र यसबाट नेपाल पनि अक्षुण्ण छैन। वर्तमान अवस्था हेर्दा स्थिति नियन्त्रणबाहिर गइरहेको छ। सङ्क्रमितलाई राख्ने अस्पताल छैन, आइसोलेशन प्राप्त हुनु टाढाको कुरा हो।  सङ्क्रमितलाई बाध्यतावश घरमैं राख्नु र दिनहुँ सयौंको सङ्ख्यामा सङ्क्रमित फैलिंदै जानुको अर्थ हो, स्थिति नियन्त्रणबाहिर हुँदैछ। जसलाई संयमतापूर्वक सावधानीका साथ नियन्त्रण गरिएन […]

कोरोना र अमेरिका

– कुमार रुपाखेती    आधुनिक युद्ध सामग्री निर्माणमा अग्रणी अमेरिकाले अझैसम्म कोरोनाको खोप बनाउन सकेको छैन। कोरोनाले अमेरिकामा सबैभन्दा बढी मान्छे मरे। कुनै पनि युद्धमा अमेरिकीहरूको यति ज्यान गएको भए अमेरिकाले अहिलेसम्म त्यो मुलुकलाई मटियामेट  र नेस्तनाबुद गरिसक्थ्यो तर कोरोना समस्यामा अहिलेसम्म सिन्को भाँच्न असमर्थ देखिन्छ अमेरिका।     कोरोनाको डरले गर्दा यहाँ पनि सार्वजनिक सभा, भीडभाड, […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।