नेविसङ्घद्वारा निषेधाज्ञामा खाना वितरण

प्रस, वीरगंज, ८ भदौ/
निषेधाज्ञा अवधिमा नेपाल विद्यार्थी सङ्घ, पर्साले खाना वितरण शुरू गरेको छ।
लकडाउनको समयमा अधिकांश सङ्घसंस्थाले गरीब, दीनदुःखीका लागि खाना वितरण अभियान सञ्चालन गरे पनि निषेधाज्ञामा थोरै संस्थाले मात्र यो कार्य गर्दै आएका छन्। निषेधाज्ञामा साहेब दरबार र समर्पण सेवा संस्थाले संयुक्तरूपमा पहिलोपटक खाना वितरण कार्य शुरू गरेका थिए। स्विमिङपुलमा बिहानको खाना वितरण कार्य अहिले पनि जारी छ।
निषेधाज्ञामा गरीब, दीनदुःखी, दैनिक ज्याला मजदूरी गर्नेहरूलाई खानाको समस्या हुने गरेकोले नेविसङ्घले पनि खाना वितरण गरेको नेविसङ्घ ठाराब क्याम्पस एकाइ अध्यक्ष मनोज साहले बताए।
नेपाली काङ्गेस पर्साका युवा जमातले दाताहरूबाट सहयोग सङ्कलन गरी वीरगंजका विभिन्न वडामा खाना वितरण गर्दै आएको एकाइ अध्यक्ष साहले बताए। भदौ ५ गतेदेखि बिहान र बेलुका दुई समय खाना वितरण गर्दै आएको नेविसङ्घका नेता राकेश यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here