२०७७ भदौ ०९ गते मंगलवारको प्रतीक दैनिक
वीरगंज पठाइयो रेमडेसिविर, फैविपिराविर र कोभिहल्ट आयातमा सरकार मौन
राधेश्याम पटेल, वीरगंज, ८ भदौ/ रेमडेसिविर औषधिको नेपालमा वैधानिक आयात हुन थालेपछि कोरोना सङ्क्रमितहरूको उपचारमा सहज हुने चिकित्सकहरूले जनाएका छन्। एन्टिरेट्रो भाइरल ड्रगको रूपमा रहेको रेमडेसिविर युरोप र भारतमा उपयोगी मानिएकाले सरकारले औषधि व्यवस्था विभागमा दर्ता गरी आयात नगरे तस्करीको माध्यमबाट उक्त औषधि मगाएर सङ्क्रमितहरूको ज्यान बचाउने पीडित परिवार र चिकित्सकले चेतावनी दिएपछि स्वास्थ्य तथा […]
५३ जना सङ्क्रमित थपिए
प्रस, वीरगंज, ८ भदौ/पर्सा र बाराका ५३ जना नयाँ सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल प्रयोगशालाले आइतवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ७ महिला र ४६ पुरुष गरी कुल ५३ जना नयाँ सङ्क्रमित थपिएका हुन्। जसमा पर्साका ३४ र बाराका १९ जना रहेका छन्।अढाई वर्षका बालकदेखि ७२ वर्ष उमेरका सङ्क्रमितहरूमध्ये बाराका १९ जना जीतपुरसिमरा उपमहानगरपालिकाको […]
लकडाउन, निषेधाज्ञा लम्बिएसँगै छाक टार्न समस्या
ओमप्रकाश चौधरी, सेढवा, ८ भदौ/ लामो समयसम्म लकडाउन भएको र अहिले निषेधाज्ञाको कारण पर्साको ग्रामीण क्षेत्रका अतिविपन्न, विपन्न, दैनिक ज्यालादारी गरेर घर गुजारा गर्ने परिवारले निकै समस्या झेल्नुपरेको छ। ५ महीनादेखि जारी लकडाउन र निषेधाज्ञाले काम गर्न असमर्थ यो समुदायलाई अहिले दैनिक गुजाराको लागि पनि समस्या भएको छ। जगरनाथपुर गापा–३ बिजवनिया निवासी गिरजा महरा चमारले […]
दीर्घरोगीलाई गापाको सहयोग जारी
प्रस, पंचगावाँ, ८ भदौ/ पटेर्वासुगौली गाउँपालिका पर्सा जिल्लाका चौधवटै स्थानीय तहमा उदाहरणीय भएको छ। यो गापा दीर्घरोगीहरूलाई आर्थिक सहयोग गर्ने जिल्लामा पहिलो हो। गापाले वडास्तरमा शुरूदेखि दीर्घरोगीहरूलाई सहयोग गर्दै आएको छ। पहिलो वर्ष १५ हजार नगदबाट शुरू गरिएको यो अभियान अहिले बिरामीहरू वृद्धि भएसँगै दश हजारमा सीमित छ। स्थानीय तह गठनपछि गापाले रु १५ हजार […]
रौतहटमा तीन सय शय्याको आइसोलेशन सञ्चालन
प्रस, गरुडा, ८ भदौ/ रौतहटमा तीन सय शय्याको व्यवस्थित आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ। देवाहीगोनाही नगरपालिकाको धरहरीमा सञ्चालित जय किसान पोलिटेक्निकल इन्स्टिच्युटको भवनमा व्यवस्थित कोरोना विशेष अस्थायी आइसोलेशन सेन्टर सञ्चालनमा आएको हो। रौतहटमा व्यवस्थित आइसोलेशनको अभावमा सङ्क्रमितहरू घरमैं बस्नुपर्ने, होम आइसोलेशनमा बस्दा स्वास्थ्यकर्मीको पहुँच नहुने गुनासो आएको र होम आइसोलेशनमा बस्ने सङ्क्रमितमध्ये कतिपय बजार निस्कने […]
वीरगंज भन्सारको राजस्वमा गिरावट
राधेश्याम पटेल, वीरगंज, ८ भदौ/चालू आर्थिक वर्षको पहिलो महीना साउनमा वीरगंज भन्सारका दुई नाकाबाट एकदमै कम सामान भित्रिएको छ। वीरगंजमा साउन १० गतेदेखि र जिल्लाभरिमा साउन १९ गतेदेखि विस्तार गरिएको निषेधाज्ञाले पुरानो भन्सार कार्यालय र अलौंमा सञ्चालनमा आएको एकीकृत जाँच चौकी (आइसिपी)बाट आयात–निर्यात एकदमै प्रभावित हुँदF राजस्व सङ्कलन पनि कम भएको भन्सार अधिकारीहरूले बताएका छन्।वीरगंज […]
धानबालीमा गबारो कीराको प्रकोप, किसानहरू चिन्तित
बलिराम शुक्ला, बिरुवागुठी, ८ भदौ/ धानबालीमा गबारो कीराको प्रकोप देखा परेपछि किसानहरू चिन्तित भएका छन्। पर्सागढी नगरपालिका, पटेर्वासुगौली, सखुवाप्रसौनीलगायतका गाउँपालिकामा किसानले लगाएको धानबालीमा यस वर्ष गबारो कीराको प्रकोपको कारण धानबाली नष्ट हुँदा किसान चिन्तित भएका हुन्। गबारो कीराले धानको गुबो काट्ने गरेको कारण गुबो गुलाबी/रातो भई सुक्ने गरेको किसानहरू बताउँछन्। कोरोना महामारीले सताइरहेको अवस्थामा धानबालीमा […]
नगरप्रमुखको पिसिआर परीक्षण नेगेटिभ
प्रस, परवानीपुर, ८ भदौ/वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। साउन १४ गते सङ्क्रमित भएका नगरप्रमुख सरावगीको नारायणी प्रयोगशालामा गरिएको पिसिआर परीक्ष्Fण रिपोर्ट भदौ ७ गते नेगेटिभ आएको हो।नगरप्रमुख सरावगीले सामाजिक सञ्जालमार्फत् रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका छन्। उनले आफू र परिवारका सदस्यहरू सङ्क्रमित भएकामा बुबाबाहेक सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको […]
सङ्क्रमितको कारण गाउँ त्रासमय
प्रस, वीरगंज, ८ भदौ/पकाहामैनपुर गाउँपालिकाको धोरेमा तीनजना सङ्क्रमित भएपछि गाउँमा त्रासमय वातावरण सृजना भएको छ।सङ्क्रमितहरू गाउँपालिकाले बनाएको आइसोलेशनमा नबसी घरमैं बस्न थालेपछि छिमेकीलगायत गाउँमा त्रासमय वातावरण सृजना भएको स्थानीयले बताए।प्रहरीले तीनजना सङ्क्रमितको घरमा पोस्टर टाँसेको छ। सङ्क्रमितहरूलाई कम्तीमा १४ दिन घरभित्र बस्न भनिएकोमा उनीहरू गाउँमा डुल्ने, टोलमा रहेको एउटा मात्र धारामा जाने, नुहाउनेलगायतका क्रियाकलाप गरेपछि […]