२०७७ भदौ ०८ गते सोमवारको प्रतीक दैनिक
१६ जना सङ्क्रमित भएपछि पोखरिया अस्पताल ठप्प
१६ जना सङ्क्रमित भएपछि पोखरिया अस्पताल ठप्पप्रस, पोखरिया, ७ भदौ/पोखरिया अस्पतालमा कार्यरत २५ जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीमध्ये १६ जना सङ्क्रमित भएपछि अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द भएको छ।मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवसहित चारजना चिकित्सक, अहेब, अनमी, स्टाफ नर्स एक/एक जना, फार्मेसीका चारजना कर्मचारी, दुर्ईजना कार्यालय सहयोगी, एकजना सफाइ कर्मचारी र एकजना चालक गरी १६ […]
१५६ जना सङ्क्रमित थपिए
प्रस, वीरगंज, ७ भदौ/चिकित्सक, सञ्चारकर्मी र सुरक्षाकर्मी गरी बारा, पर्साका १५६ जना सङ्क्रमित थपिएका छन्।नारायणी अस्पताल पिसिआर प्रयोगशालाले शनिवार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ३ वर्षका बालकदेखि ७० वर्षका वृद्धसम्म कोरोनाबाट सङ्क्रमित भएका छन्।३२० जनाको स्वाब नमूना परीक्षणबाट बाराका ११ र पर्साका १४५ गरी कुल १५६ जना कोरोना सङ्क्रमित फेला परेका हुन्। सङ्क्रमितहरूमध्ये वीरगंजको नेशनल […]
वीरगंजमा रगतको अभाव
प्रस, वीरगंज, ७ भदौ/ रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएको छ। कोरोना सङ्क्रमणको भय र निषेधाज्ञाका कारण रक्तदान गर्ने क्रम रोकिएकोले रगतको अभाव भएको केन्द्रका प्रमुख सौरभराज पाण्डेले बताएका छन्। सामान्य अवस्थामा सरदर दैनिक ५०/६० पिन्ट रगतको माग हुने गरेकोमा हाल सरदर दैनिक २५/३० पिन्ट माग भइरहेको छ। तर रक्तदान गर्ने क्रम प्रायः ठप्प रहेकोले […]
ठोरी गाउँपालिका–१ एक साताको लागि सिल
चिरञ्जीवी सापकोटा, ठोरी, ७ भदौ/ठोरी गाउँपालिका–१ आइतवारदेखि एक साताको लागि सिल गरिएको छ।पर्सा जिल्लामा निषेधाज्ञा भए तापनि स्थानीयहरूले पालना नगरेका, हिंड्डुल गरिरहेकाले कोरोना भाइरस फैलिने सम्भावना रहेकाले भदौ १३ गतेसम्मका लागि वडा सिल गर्ने निर्णय गरिएको छ।वडाध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा वडा कार्यालयमा शनिवार भएको सर्वपक्षीय बैठकले वडा नं १ लाई एक हप्ताको लागि पूर्णरूपमा सिल […]
बागमतीमा डुबेर एकजना बालिकाको मृत्यु, दुईजना बेपत्ता
प्रस, गरुडा, ७ भदौ/रौतहटको बागमती नदीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ भने दुईजना बालिका बेपत्ता भएका छन्। बागमती नदीमा नुहाउने क्रममा भेलमा परेपछि डुबेर धर्मपुर गाउँका तीनजना बालिका बेपत्ता भएका थिए।रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुर गाउँका भदई मुखियाकी १० वर्षीया छोरी पिङ्कुकुमारी मुखियाको शव आइतवार दिउँसो पौने तीन बजे बरामद भएको हो।यसैगरी, लछुमन दासकी १२ […]
महामारी र निषेधाज्ञामा घरेलु मदिरा बिक्री वितरण
प्रस, सेढवा, ७ भदौ/कोरोना महामारी र निषेधाज्ञामा पनि घरेलु मदिराको बिक्री र ओसारपोसारमा नियन्त्रण हुन सकेको छैन। कोराना सङ्क्रमण नियन्त्रणका लागि पर्सा जिल्लाका केही स्थानीय तहले निषेधाज्ञामा कडाइ गरे पनि अवैध घरेलु मदिरा ओसारपोसार तथा बिक्री वितरण खुलेआम रूपमा भइरहेको छ।पर्सा जिल्लाका सबै स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएपछि अधिकांश स्थानीय तहका वडाटोलमा कडाइ गरिएको छ। […]
पोखरिया अस्पताललाई पिउने पानी सहयोग
प्रस, पोखरिया, ७ भदौ/पोखरिया नगरपालिकामा सक्रिय युवा समाजले पोखरिया अस्पताललाई पिउने पानी सहयोग गरेको छ।अस्पतालको आइसोलेशनमा सङ्क्रमितहरूलाई सहज होस् भनेर समाजले आइतवार ६ सय बोतल पिउने पानीको व्यवस्था गरेको अध्यक्ष नौसाद आलमले बताए। अस्पतालको प्रशासन शाखाका लक्ष्मी चौहानलाई ६ सय बोतल पिउने पानी हस्तान्तरण गरिएको हो। कार्यक्रममा समाजका सन्तोष महतो, मनोज गुप्ता, एकलाख आलमलगायतको सहभागिता […]
ढोंगही नदीको बहाव साबिक स्थानमा ल्याइयो
आरके पटेल, वीरगंज, ७ भदौ/ पर्साको विन्दवासिनी गाउँपालिकाको बहुअर्वाभाठास्थित ढाेंगही नदीको बहावलाई साबिक स्थानमा ल्याइएको छ। नदीको दुवैतर्फ जग्गा रहेको जग्गाधनीहरूले नदीको साबिक बहावलाई परिवर्तन गरी अन्यत्र मोडेपछि स्थानीयवासी र स्थानीय तहका नेताहरू नै दुई पक्षमा विभाजित भएका थिए।एक पक्ष्Fले नदीको बहाव साबिकबाट परिवर्तन भएकोमा खुशी मनाएका थिए भने अर्को पक्षले प्राकृतिकरूपमा बगेको नदीको बहाव […]
सुरक्षा अधिकारीको टोलीद्वारा ठोरीको अनुगमन
माधव तिमल्सिना, ठोरी, ७ भदौ/ पर्सा जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको टोलीले आइतवार ठोरीको अवलोकन भ्रमण गरेकोछ। केही दिनअघि धादिङ जिल्लाबाट सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङसहित जिल्लाका सुरक्षा अधिकारीहरूले ठोरीमा रहेको सीता गुफा, ठुटेखोला क्षेत्र, निर्माणाधीन हुलाकी सडकको अवस्थाबारेमा अवलोकन गरेका हुन्। प्रजिअ तामाङलगायतका सुरक्षा अधिकारीले ठोरीको स्थलगत जानकारी लिएको जिल्ला समन्वय समिति, […]