सुरक्षा अधिकारीको टोलीद्वारा ठोरीको अनुगमन

0
334

माधव तिमल्सिना, ठोरी, ७ भदौ/
    पर्सा जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको टोलीले आइतवार ठोरीको अवलोकन भ्रमण गरेको
छ।
    केही दिनअघि धादिङ जिल्लाबाट सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङसहित जिल्लाका सुरक्षा अधिकारीहरूले ठोरीमा रहेको सीता गुफा, ठुटेखोला क्षेत्र, निर्माणाधीन हुलाकी सडकको अवस्थाबारेमा अवलोकन गरेका हुन्।
    प्रजिअ तामाङलगायतका सुरक्षा अधिकारीले ठोरीको स्थलगत जानकारी लिएको जिल्ला समन्वय समिति, पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपानेले जानकारी दिए।
    अवलोकनका क्रममा प्रजिअ तामाङले ठोरीको बारेमा चासो लिएका थिए।
    टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाली सेनाका प्रमुख सेनानी मदनजङ्ग राणा, राष्ट्रिय अनुसन्धानका पर्सा प्रमुख कुमार खड्का,
नेकपा नेता लालबहादुर श्रेष्ठ, जसपा नेता जरी लामा, वडा नं ३ का अध्यक्ष सूर्यबहादुर लामालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here