एकजना सङ्क्रमितको मृत्यु तीनजनाको अवस्था गम्भीर

प्रस, परवानीपुर, ६ भदौ/कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयरमा शनिवार बिहान एकजना सङ्क्रमितको मृत्यु भएको छ।मृत्यु हुने पर्सा, बहुदरमाई नगरपालिका वडा नं ४ डोकैला बहुअरीका ६१ वर्षीय पुरुष हुन्। चार दिनदेखि वीरगंजको बिर्तास्थित अलि अर्थो ट्रमा सेन्टरमा उपचार गराइरहेका उनको भदौ ४ गते पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएपछि सोही साँझ वीरगंज हेल्थकेयर भर्ना गरिएको थियो।मधुमेह र […]

तीन जिल्लाका ६० जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, ६ भदौ/पर्सा, बारा र रौतहटका गरी ६० जना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल प्रयोगशालाका अनुसार ४५० जनाको स्वाब नमूना परीक्षण गरिएकोमा ८ जना महिलासहित ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।सङ्क्रमितहरू पर्साका ५४, बाराका ५ र रौतहटका १ जना गरी ६० जना रहेका छन्। सङ्क्रमित हुनेमा ३ वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका महिला […]

२ महिलासहित ३१ जनाद्वारा आकस्मिक रक्तदान

प्रस, पोखरिया, ६ भदौ/सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरमा आकस्मिक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।जनजागरण युवा क्लब लखनपुरको आयोजनामा जिल्ला कृषि सहकारी सङ्घ पर्सा र जय महावीर कृषि सहकारी संस्था लखनपुरको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा दुईजना महिलासहित ३१ जनाले रक्तदान गरेका छन्।क्लबका अध्यक्ष शिवकुमार साहको अध्यक्षता र सखुवाप्रसौनी गापा–६ लखनपुरका वडासदस्य धर्मराज साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा […]

रेमडेसिविर इन्जेक्शन आयात हुन थाल्यो

राधेश्याम पटेल, वीरगंज, ६ भदौ/कोरोना सङ्क्रमितको उपचारमा उपयोगी मानिएको रेमडेसिविर इन्जेक्शन वैधानिकरूपमा नेपालमा आयात शुरू भएको छ।स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागमा दर्ता गरी आयात गर्न पाइने स्वीकृति दिएपछि भारतबाट शुक्रवार ५ सय भाइल इक्जेक्शन नेपाल आएको छ। मन्त्रालय स्रोतका अनुसार भारतमा पनि उक्त इन्जेक्शनको माग अत्यधिक रहेकोले नेपालको मागबमोजिम एकैपटक नपाइएकोले बिस्तारै माग पूर्ति हुँदै […]

होटल आइसोलेशनबाट घर फर्किनेक्रम जारी

प्रस, परवानीपुर, ६ भदौ/पछिल्लो समय वीरगंजका होटल आइसोलेशनबाट सङ्क्रमितहरू निको भएर घर फर्किने क्रम शुरू भएको छ।शुक्रवार साँझ वीरगंज बसपार्कमा रहेको ५० शय्याको रानीपोखरी होटल(सामुदायिक आइसोलेशन)बाट महिला र पुरुष गरी २० जना सङ्क्रमित निको भएर घर फर्किएको आइसोलेशन वार्डका व्यवस्थापक दिलीपराज कार्कीले बताए। पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितहरूलाई डिस्चार्ज गरिएको उनले बताए।दुई सातादेखि ५२ जना […]

अज्ञात समूहले लाखौं मूल्यको कुखुरा मारेको आरोप

प्रस, सिम्रौनगढ, ६ भदौ/सिम्रौनगढ नगरपालिका–७ जानकीनगरमा रहेको एउटा कुखुरा फार्ममा अज्ञात समूहले लाखौं मूल्य बराबरको कुखुरा मारेको समाचार छ।मौर्य पोल्ट्री फार्ममा अज्ञात समूहले शुक्रवार राति फार्मको ढोका फोडेर कुखुराहरू मारेको फार्मकी सञ्चालिका मञ्जु देवीले दाबी गरेकी छन्। अज्ञात समूहले तीन घण्टामा ५ सय कुखुरा मारेको सञ्चालिका मञ्जुले बताइन्।यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सिम्रौनगढले अनुसन्धान भइरहेको […]

मेडिकल माफियाको सपनामा बज्रपात

आरके पटेल, वीरगंज, ६ भदौ/कोरोना सङ्क्रमितहरूको ज्यान जोगाउन प्रभावकारी मानिएको रेमडेसिविर इन्जेक्शन एक भाइलको मूल्य वीरगंजमा शुक्रवारसम्म ४० हजार रुपैयाँ थियो।एकजना सङ्क्रमितलाई सामान्यतया ५ भाइल लाग्ने गर्छ। वीरगंजबाट काठमाडौं पुग्दा यसको दाम प्रतिभाइल २० हजार रुपैयाँ बढेर रु ६० हजारमा बिक्री भइरहेको थियो। वीरगंजकै एकजना सङ्क्रमितलाई काठमाडौंमा उपचार गर्दा तीन लाख रुपैयाँको मात्र रेमडेसिविर इन्जेक्शन […]

आशारामलाई कोभिड बनाउँदा स्थानीयको विरोध

प्रस, वीरगंज, ६ भदौ/वीरगंज महानगरपालिकाको पानीटङ्की चोकस्थित आशाराम हस्पिटललाई काभिड हस्पिटल बनाउने विषयमा स्थानीयले विरोध गरेका छन्।घनाबस्तीको बीचमा रहेको अस्पतालमा कोरोना सङ्क्रमितलाई राख्न नमिल्ने भन्दै स्थानीयहरूले शनिवार बिहान विरोध प्रदर्शन गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थितिलाई साम्य पारेको थियो। वीरगंजमा बढ्दो सङ्क्रमितको व्यवस्थापनका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको टोली अस्पतालमा पुग्दा स्थानीयहरूले विरोध गरेका […]

१६ लाख फालेर मोटरसाइकल चालक फरार

प्रस, वीरगंज, ६ भदौ/बारा प्रहरीले महागढीमाई नगरपालिका–७ बेनौली सडकमा चेकजाँचको क्रममा १६ लाख नगद बरामद गरेको छ।शनिवार बिहान प्रहरी चौकी तेलकुवाले बेनौली सडकखण्डमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एकजना व्यक्ति रातो रङ्गको झोला फालेर फरार भएका थिए। प्रहरीले सो झोलाबाट रु १ हजारको नोट ७६२ थान र रु ५ सयको नोट १६७६ थान गरी रु […]