तीन जिल्लाका ६० जना सङ्क्रमित थपिए

0
323

प्रस, वीरगंज, ६ भदौ/
पर्सा, बारा र रौतहटका गरी ६० जना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल प्रयोगशालाका अनुसार ४५० जनाको स्वाब नमूना परीक्षण गरिएकोमा ८ जना महिलासहित ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमितहरू पर्साका ५४, बाराका ५ र रौतहटका १ जना गरी ६० जना रहेका छन्। सङ्क्रमित हुनेमा ३ वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका महिला र पुरुष छन्। पर्साका ५४ जनामध्ये अधिकांश पर्सागढी नगरपालिकाको रहेको नारायणी अस्पताललले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here