१६ लाख फालेर मोटरसाइकल चालक फरार

प्रस, वीरगंज, ६ भदौ/
बारा प्रहरीले महागढीमाई नगरपालिका–७ बेनौली सडकमा चेकजाँचको क्रममा १६ लाख नगद बरामद गरेको छ।
शनिवार बिहान प्रहरी चौकी तेलकुवाले बेनौली सडकखण्डमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एकजना व्यक्ति रातो रङ्गको झोला फालेर फरार भएका थिए। प्रहरीले सो झोलाबाट रु १ हजारको नोट ७६२ थान र रु ५ सयको नोट १६७६ थान गरी रु १६ लाख बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।
प्रहरीलाई झुक्याएर फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको प्रनाउ मिश्रले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here