प्रस, सिम्रौनगढ, ६ भदौ/
सिम्रौनगढ नगरपालिका–७ जानकीनगरमा रहेको एउटा कुखुरा फार्ममा अज्ञात समूहले लाखौं मूल्य बराबरको कुखुरा मारेको समाचार छ।
मौर्य पोल्ट्री फार्ममा अज्ञात समूहले शुक्रवार राति फार्मको ढोका फोडेर कुखुराहरू मारेको फार्मकी सञ्चालिका मञ्जु देवीले दाबी गरेकी छन्। अज्ञात समूहले तीन घण्टामा ५ सय कुखुरा मारेको सञ्चालिका मञ्जुले बताइन्।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सिम्रौनगढले अनुसन्धान भइरहेको र कुखुरा कसरी मरेकोबारे क्वारेन्टाइनमा जाँचपछि थाहा हुने जनाएको छ।