२०७७ साउन ३१ गते शनिवारको प्रतीक दैनिक
सवारीसाधन सञ्चालनमा कडाइ, बिरामी मर्कामा
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/lockdown.jpg)
विमला गुप्ता, वीरगंज, ३० साउन/निषेधाज्ञा जारी भएको २१औं दिनदेखि पर्सा प्रहरीले सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।साउन १० गते निषेधाज्ञा लागू गरेदेखि सवारीसाधन सञ्चालनमा खासै ध्यान नदिएको पर्सा प्रहरीले शुक्रवार बिहानदेखि वीरगंजका ठाउँ–ठाउँमा सवारीसाधन चेकजाँचमा कडाइ ग–यो। जसले गर्दा घण्टाघर क्षेत्रमा ४/५ दर्जन मोटरसाइकल नियन्त्रणमा लिइयो। प्रहरीले निषेधाज्ञा जारी गर्दा तोकिएको मापदण्डविपरीत सवारीसाधन चलाउनेहरूलाई नियन्त्रणमा लिएको […]
ठोरीवासीलाई खानेपानीको समस्या
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/water-1024x474.jpg)
प्रस, सेढवा, ३० साउन/ वर्षायाममा ठोरी गाउँपालिका अन्तर्गत ब्रह्मनगरका बासिन्दाले अहिलेसम्म खानेपानीको समस्या झेल्दै आएका छन्। स्थानीय तह गठन भएपछि स्वच्छ पिउने पानी प्राप्त हुने आशामा रहेका साबिक निर्मलबस्ती गाविस–३, ४ हाल ठोरी गापा–३ ब्रह्मनगर, बुद्धनगर र ओडारका बासिन्दाले प्रत्येक वर्षझैं यस वर्ष पनि वर्षायाममा खानेपानीको समस्या झेल्नुपरेको छ। ओडार खोलाको माथि रहेको चिसापानी स्थानबाट […]
५० जना सङ्क्रमित थपिए
प्रस, वीरगंज, ३० साउन/पर्सा, बारा र महोत्तरीमा शुक्रवार ५० जना सङ्क्रमित थपिएका छन्। नारायणी प्रयोगशालाले सार्वजनिक गरेको सूचीमा बाराका २१ जना, महोत्तरीका २ जना र पर्साका २७ जनामा सङ्क्रमण पुष्टि भएका छन्।सङ्क्रमण पुष्टि हुनेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमराको क्वारेन्टाइनमा रहेका १९ जना छन्। २ वर्षीय बालकदेखि ५४ वर्षीय पुरुषसम्म १९ जना सङ्क्रमित छन्। यी सबै […]
बिरामी बढेपछि क्लिनिकमा भीड
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/upachar.jpg)
प्रस, बिरुवागुठी, ३० साउन/ गर्मी बढेसँगै पर्सागढी नगरपालिका आसपास मौसमी बिरामीहरूको सङ्ख्या बढ्दै छ। पानी पर्ने, घाम लाग्ने गरेकोले गर्मी र जाडोको कारण रुघाखोकी, ज्वरो, एलर्जी, घाउ/खटिरा, टाउको दुख्ने जस्ता समस्याले पीडित हुनेहरूको सङ्ख्या बढेको छ। पर्सागढी नगरपालिकाका स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण देखिएपछि बन्द भएको स्वास्थ्य केन्द्र, चौकी अहिलेसम्म खुल्न सकेका छैनन्। सङ्क्रमित स्वास्थ्यकर्मीहरूको रिपोर्ट नेगेटिभ आइसकेको […]
निषेधाज्ञा पूर्णरूपमा पालना गराउने निर्णय
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/baithak.jpg)
प्रस, ठोरी, ३० साउन/ ठोरी गाउँपालिका–२ वडा कार्यालयमा शुक्रवार सम्पन्न सर्वपक्षीय बैठकले निषेधाज्ञा पूर्णरूपमा परिपालन गर्ने र कोरोना सङ्क्रमण नियन्त्रणका लागि अग्रसरता देखाउने निर्णय गरेको छ। ठोरी गाउँपालिकाका विभिन्न वडाले सङ्क्रमण नियन्त्रणका लागि सर्वपक्षीय बैठक गरेर निर्णय गरेपछि वडा नं. २ ले पनि शुक्रवार बैठक गरेर निर्णय गरेको हो। सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि […]
गोपाल सेवा समितिको आयोजनामा बीसजनाद्वारा रक्तदान
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/blood-1024x509.jpg)
प्रस, पर्सागढी, ३० साउन/श्रीकृष्ण जन्माष्टमीको अवसरमा गोपाल सेवा समिति, पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित बीसजनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए।वीरगंज–१३ राधेमाईमा आयोजित रक्तदान कार्यक्रममा सुधादेवी यादव, रवि यादव, हरेन्द्र यादव, महन्थ यादव, राजन यादव, जगपाल यादव, समसुल अन्सारी, लवकुश सिंह, राजेश यादव, रामविनय यादव, प्रमोद यादवलगायतले रक्तदान गरेका […]
कालोबजारी गरेको आरोपमा दुईजना पक्राउ
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/malkhad.jpg)
प्रस, वीरगंज, ३० साउन/जिल्ला प्रहरी कार्यालय, बाराले मलखादको कालोबजारी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।शुक्रवार बिहान १० बजे कलैया उपमहानगरपालिका–१ राजदेवीटोलमा रहेको कुशवाहा बीज भण्डारका सञ्चालक कलैया उपमनपा–१७ बस्ने वर्ष ३४ का मुरारी साह तेली र आसकामिनीमाई कृषि सहकारी संस्था, कलैयाका कर्मचारी महागढीमाई नगरपालिका–७ का धनञ्जयप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। साल्ट टे«डिङ कम्पनी […]
रौतहटमा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रस, रौतहट, ३० साउन/ गौर नगरपालिकाका १७ जनासहित २१ जनामा शुक्रवार कोरोना सङ्क्रमण पुष्टि भएको छ । गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकाका ४ जना र गढीमाई, देवाहीगोनाही र चन्द्रपुर नगरपालिकाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए। गौर नगरपालिका कार्यालयका ८ जना कर्मचारी, […]
सखुवाप्रसौनी गापामा बैंक सञ्चालन
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/bank.jpg)
प्रस, पंचगावाँ, ३० साउन/ निषेधाज्ञाको कारण साउन १९ गतेदेखि सेवा बन्द गरेको सखुवाप्रसौनी गाउँपालिकाको कृषि विकास बैंक शाखाले शुक्रवारदेखि सेवा शुरू गरेको छ। शाखाका प्रबन्धक सन्तोष भट्टराईले निषेधाज्ञा लागू भएपछि बैंकिङ सेवा बन्द गर्नुपर्ने केन्द्रीय निर्देशनपछि सेवा शुरू भएको बताए। निषेधाज्ञाको बेलामा ग्रामीण क्षेत्रका मानिसहरूलाई खाद्यान्नलगायतका अन्य खर्च टार्न बैंक बन्द हुँदा समस्या भएकोले सञ्चालनमा […]