स्वच्छ पानी पिउनबाट वञ्चित
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/swaksha-pani.jpg)
प्रस, सेढवा, २८ साउन/ठोरी गाउँपालिका–३ शिकारीवासका बासिन्दाहरू यो वर्षायाममा पनि स्वच्छ खानेपानीका लागि एक घण्टा लामो चार किलोमिटर दूरी तय गर्न बाध्य छन् ।शिकारीवासमा ४५ घरपरिवार छन् तर उनीहरूको लागि स्थानीय तह गठन भएको तीन वर्ष बितिसक्दा पनि स्वच्छ खानेपानीको व्यवस्था भएको छैन । शिकारीवासका महिला, बालबालिकाहरू वीरगंज–ठोरी सडकखण्डदेखि करीब पाँच किलोमिटर टाढा चितवन राष्ट्रिय […]
बनेसँगै बिग्रिन थाल्छ थरुहट सडक
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/bane-sangai.jpg)
प्रस, पंचगावाँ, २८ साउन/जीराभवानी गाउँपालिकाको थरुहट सडकखण्ड प्रायः अवरोध हुने गरेको छ । गापाको कार्यालय सेढवा र इलाका प्रहरी कार्यालय सेढवादेखि जीराभवानी मन्दिर र महादेवपट्टि बलुवासम्मको थरुहट सडकखण्डमा माटो मात्र बिछ्याइएको कारण अवरुद्ध हुने गर्छ । वर्षापछि लामो समयसम्म बाटो हिलाम्य हुने भएकोले यो सडकखण्डबाट आवागमन प्रभावित हुने गरेको छ । यसपटक त यो सडक […]
चन्द्रपुरका पाँचजनामा सङ्क्रमण
प्रस, रौतहट, २८ साउन/ समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमणको क्रम बढ्दो छ । पछिल्लोपटक चन्द्रपुर नगरपालिकामा पाँचजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये तीनजना यसअघि सङ्क्रमण पुष्टि भइसकेका हुन् भने एकजना ३९ वर्षीय पुरुषको कन्ट्याक्ट ट्रेसिङमा परेका चन्द्रपुर अस्पतालका स्वास्थ्य निरीक्षक मातृका चालीसेले जानकारी दिए । अन्य दुईजना सङ्क्रमितमध्ये एकजना व्यवसायी पुरुष र […]
कोरोना नियन्त्रण कसरी गर्ने
हालको अवस्थामा समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रण गर्न हामी सबै मिलेर मात्र आफ्नो परिवार र समुदायलाई यस महामारीबाट बचाउन सक्छौं । हामी सचेत भएनौं र गल्तीहरू गर्दै गयौं भने भोलि आफ्नो घरपरिवारलाई कोरोना सङ्क्रमण भएमा घरमैं रुनुबाहेक कुनै उपाय छैन । जानीनजानी अहिलेसम्म गरेका गल्तीबाट सिक्नुपर्ने बेला आएको छ । यस रोगबाट हाम्रो समाजमा देखिएको मृत्युको […]
गरीबको लागि क्रुर बन्दैछ कोरोना
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/sanajay.jpg)
-सञ्जय साह मित्र कोरोना कहरको सङ्क्रमण समय लम्बिंदै जादा अतिविपन्न समुदायमा यसको भयावह असर देखिंदैछ । यसका केही प्रारम्भिक लक्षणका केही दृष्टान्त प्रथमतः यहाँ प्रस्तुत छ ।➤ एकजनाले आफ्नो घरको तल्ला थप्ने निश्चय गरेपछि नजीकका ठेकेदार मिस्त्रीलाई खबर गरे । सामानजति आफूले दिने र शर्त अनुसार बनाउने काम ठेकेदार मिस्त्रीले गर्ने सामान्य प्रचलन अनुसार खबर […]
हारे को हरिनाम
वीरगंजका नागरिक समाजकै एउटा वर्गको सक्रियतामा नागरिकको स्वास्थ्योपचारका लागि उदाहरणीय कार्य भएको छ । अधिवक्ता वीरेन्द्र यादवको सक्रियतामा अन्य अधिवक्तासमेतले अस्पतालहरूले कोरोनाइतर बिरामीको पनि उपचार नगरेकोमा जिल्ला प्रशासन कार्यालयसमेतलाई विपक्षी बनाइ अदालतमा रिट निवेदन दिएका थिए । सो रिटमाथि अन्तरिम आदेश जारी गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलास, वीरगंजका न्यायाधीश वीरबहादुर डाँगीको एकल इजलासले […]