माधव तिमिल्सिना, ठोरी, २७ साउन/
ठोरी गाउँपालिका–४ को वडापालिकाले आप्mनो क्षेत्रभित्र अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
वडाध्यक्ष बैइबहादुर पाख्रिनको अध्यक्षतामा वडापालिकाको कार्यालय निर्मलबस्तीमा मङ्गलवार बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वडाको क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । बैठकले साउन २८ गते बुधवार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको वडाध्यक्ष पाख्रिनले बताएका छन् ।
सो अवधिमा कोभिड–१९ को राष्ट्रव्यापी आचारसंहिताभित्र पर्ने एम्बुलेन्स, बिरामी बोकेका सवारीसाधन तथा अत्यावश्यक अन्य सवारीबाहेकका अन्य सवारीसाधन सञ्चालन गर्न र हिंड्डुल गर्न समेत पूर्णरूपमा निषेध गरेको छ । वडा नं. ३ र ४ को सिमाना शिकारीबास खोलादेखि डिपुडाँडा, वडा नं ५ तर्पmको सिमाना बाघमोर्चा पुलसम्मका क्षेत्र र भारततर्पmको सीमाभित्रको क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।
निषेधाज्ञा कडाइका साथ पालना गराउन वडापालिकाले स्थानीय प्रहरीको सहयोग लिने र गाउँटोलमा माइकिङ गरेर जानकारी दिने कार्यक्रम बनाएको छ । बैठकले वडाध्यक्ष पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय वडास्तरीय कोरोना भाइरस नियन्त्रण समितिसमेत गठन गरेको छ । निषेधाज्ञा लागू भएको अवधिभरि अत्यावश्यक कामबाहेक वडाभरिका सम्पूर्ण बासिन्दालाई घरबाहिर ननिस्कन बैठकले आग्रह गरेको छ ।
सर्वपक्षीय बैठकमा तत्कालीन निर्मलबस्ती गाविसका पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठ, नेपाली काङ्ग्रे्रेसका जिल्ला सदस्य रामबहादुर श्रेष्ठ, रेडियो विजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठ, नेकपाका जिल्ला सदस्य हरि सुनारलगायतले धारणा व्यक्त गरेका थिए ।