२०७७ साउन २६ गते सोमवारको प्रतीक दैनिक
वीरगंजमा बन्द गर भन्दा खुल्ने पसलहरू, खोल भन्दा बन्द
प्रस, वीरगंज, २५ साउन/कोभिड–१९ व्यवस्थापन सङ्कट केन्द्र पर्साले साउन २३ गतेको बैठकबाट निषेधाज्ञा अवधिमा मापदण्ड पूरा गरी पसल, व्यवसाय, बैंक सञ्चालन गर्न निर्णय गरे पनि वीरगंजमा समुदायस्तरमा कोरोना फैलिएको कारण व्यवसायीहरूले नै पसल खोलेका छैनन्।केन्द्रले साउन १० गतेदेखि सदरमुकाम र साउन १९ गतेदेखि जिल्लाभर अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवा बन्द गर्न निर्देशन जारी गरेकोमा साउन २३ […]
१५ जना महिलासहित ७५ जना सङ्क्रमित थपिए
प्रस, वीरगंज, २५ साउन/ वीरगंजमा शनिवार राति पुनः १५ जना महिला र ६० जना पुरूष गरी कुल ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये पर्साका ७० जना रहेका छन् भने बाँकी ५ जना बारा, सर्लाही र एकजना भारतीय नागरिक छन्। १२ वर्षका बालकदेखि ६८ वर्षका वृद्धसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी कोभिड प्रयोगशालाले जनाएको […]
नारायणी अस्पतालअगाडि प्रदर्शन, एकजना पक्राउ
प्रस, वीरगंज, २५ साउन/वीरगंज–२ छपकैयावासीले नारायणी अस्पतालमा प्रदर्शन गरेका छन्। शुक्रवार राति १० बजे सो टोलकी २० वर्षीया युवतीको उपचार अभावमा मृत्यु भएको विषयलाई लिएर प्रदर्शन गरिएको हो।प्रदर्शनकारीहरूले नारायणी अस्पताल सञ्चालन गर्न माग गरे। उनीहरूले चार घण्टा सातवटा निजी अस्पताल र सरकारी नारायणी अस्पतालसमेतले उपचार गर्न नमानेपछि युवतीको मृत्यु भएको भन्दै आगामी दिनमा बिरामीको मृत्यु […]
अस्पतालले उपचार गरेन, प्रहरीलाई शव किन चाहियो ? १७ वर्षीय युवकको सामूहिक दाह संस्कार
प्रस, वीरगंज, २५ साउन/ वीरगंजमा शनिवार एउटा अनौठो घटना भयो। उपचारको क्रममा मृत्यु भएका एक युवकको कोरोना परीक्षणविना शव व्यवस्थापन गरिएको छ। त्यो पनि सामाजिक दूरी कायम गरेर होइन, सयौंको भीडबीच। प्रहरी प्रशासनलाई चुनौती दिएर वीरगंज–७ रामटोलका सयौं युवक तथा आफन्तजनले यस्तो हर्कत गरेका हुन्। कोरोना सङ्क्रमण समुदायमा फैलिएको जानकारी हुँदFहुँदै किन यस्तो कार्य गरियो […]
सीमा सिल, तस्करी जारी
प्रस, पंचगावाँ, २५ साउन/सीमा सिल भएको र जिल्लामा निषेधाज्ञा लागेको भएपनि तस्करी रोकिएको छैन। आइतवार बिहान भारत, इनर्वाबाट जानकीटोला, दसौता, भिखमपुर भएर भित्र्याइएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।स्थानीयले सूचना दिएपछि इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको टोलीले मोटरसाइकलसहित सामान नियन्त्रणमा लिएको हो। ना.१३प १०८३, बिआर २२ वाइ ११४२, बिआर २२एक्स ०६९१ गरी तीनवटा मोटरसाइकल र त्यसमा लोड […]
कोरोनामा रेमडेसिविरको वीरगंजमा सकारात्मक नतीजा
राधेश्याम पटेल, वीरगंज, २५ साउन/ कोरोना भाइरस सङ्क्रमणबाट बचाउन विश्वभरि उपयोगी साबित भइरहेको रेमडेसिविर इन्जेक्शनको आधिकारिक आयात गर्न नेपाल सरकार तयारीमा जुटेको छ। औषधि व्यवस्था विभागमा दर्ता गरी कानूनीरूपमा भारत वा तेस्रो मुलुकबाट आयात गर्ने बाटो खोल्न सरकारी पक्ष जुटेको बताइएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग भएको कुरामा उनले चाँडै मन्त्रिपरिषद्बाट यो औषधि […]
निषेधाज्ञाको उल्लङ्घन गर्दै किस्ता र ब्याज उठाउँदै
प्रस, पर्सागढी, २५ साउन/ पर्सागढी नगरपालिकामा लघुवित्त विकास वित्तीय संस्था लि.का कर्मचारीहरूले निषेधाज्ञा उल्लङ्घन गर्दै ऋणीहरूको घरमा पुगी बैठक गरी किस्ता र ब्याज माग गर्दैछन्। लकडाउन र निषेधाज्ञाको कारण आर्थिकरूपमा समस्याग्रस्त व्यक्तिहरूको घरमा पुगेर संस्थाले थप तनाव दिइरहेको छ। ऋणको किस्ता र ब्याज मागेर तनाव दिएको स्थानीय ऋणीहरूले गुनासो गरेका छन्। कामकाज नभएको कारण आर्थिक […]
सङ्कटको घडीमा निजी अस्पतालका चिकित्सकलाई मासिक ६५ हजार तलब र अन्य सुविधा चाहियो
प्रस, वीरगंज, २५ साउन/कोरोना महामारी समुदायस्तरमा फैलिरहेको अवस्थामा वीरगंजका एमबिबिएस डाक्टर अर्थात् मेडिकल अधिकृतहरूले विभिन्न सेवासुविधा अस्पतालले उपलब्ध गराउनुपर्ने माग गरेका छन्।नारायणी रङ्गशालामा शनिवार भएको मेडिकल अधिकृतको भेलाले मेडिकल अफिसर एशोसिएशन वीरगंज गठन गरी विभिन्न ६ बुँदे माग अगाडि सारेका छन्। वीरगंजका विभिन्न अस्पतालमा करीब डेढ सय मेडिकल अधिकृत कार्यरत रहेका डा तेजनाथ तिवारीले जानकारी […]
हात्तीलाई तह लगाउन ढोई हात्ती ल्याइयो
प्रस, ठोरी, २५ साउन/ जङ्गली हात्तीले ठोरीमा आतङ्क मचाएपछि निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिले शनिवार साँझ दुईवटा ढोई हात्ती ल्याएको छ। दैनिकजसो राष्ट्रिय निकुञ्जबाट जङ्गली हात्ती ठोरी गाउँपालिकामा पसेर स्थानीयलाई दुःख दिन थालेपछि चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा बगही सेक्टरबाट दुईवटा ढोई हात्ती गाउँमा गस्ती गराउन ल्याएको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए। दुई ढोई […]