प्रस, पंचगावाँ, २५ साउन/
सीमा सिल भएको र जिल्लामा निषेधाज्ञा लागेको भएपनि तस्करी रोकिएको छैन। आइतवार बिहान भारत, इनर्वाबाट जानकीटोला, दसौता, भिखमपुर भएर भित्र्याइएको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीयले सूचना दिएपछि इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको टोलीले मोटरसाइकलसहित सामान नियन्त्रणमा लिएको हो। ना.१३प १०८३, बिआर २२ वाइ ११४२, बिआर २२एक्स ०६९१ गरी तीनवटा मोटरसाइकल र त्यसमा लोड गरिएको ५५ थान साडी, ५१ थान सुरुवाल, २० थान सल, दुपट्टा, १९ थान रेडिमेट सुटलगायत नियन्त्रणमा लिएको बताइएको छ।
प्रहरीले पटेर्वासुगौली गापा–५ मनिहर्वाबाट सो मोटरसाइकल, सामान नियन्त्रणमा लिएको हो। बरामद मोटरसाइकल, सामान आवश्यक कारबाईको लागि जिप्रका, पर्सामा पठाइएको इप्रका पटेर्वासुगौलीले जनाएको छ।
