प्रस, वीरगंज, २५ साउन/
    वीरगंजमा शनिवार एउटा अनौठो घटना भयो। उपचारको क्रममा मृत्यु भएका एक युवकको कोरोना परीक्षणविना शव व्यवस्थापन गरिएको छ। त्यो पनि सामाजिक दूरी कायम गरेर होइन, सयौंको भीडबीच।
    प्रहरी प्रशासनलाई चुनौती दिएर वीरगंज–७ रामटोलका सयौं युवक तथा आफन्तजनले यस्तो हर्कत गरेका हुन्। कोरोना सङ्क्रमण समुदायमा फैलिएको जानकारी हुँदFहुँदै किन यस्तो कार्य गरियो ? यो प्रश्न जटिल छ।
    वीरगंज रामटोलवासीले त्यसो गर्नुमा एउटै कारण छ, प्रहरी प्रशासनको लाचारीपन। स्थानीय प्रहरी प्रशासनले सर्वसाधारणको उपचार सहज नबनाउँदा यस्तो जोखिम बढ्दै गएको छ। अहिले वीरगंजका गल्लीगल्लीमा दिनहुँ दुई/चार जना मृत्युको मुखमा पुगिरहेका छन्। त्यसको कारण हो, वीरगंजका अस्पतालहरूले पिसिआर रिपोर्टविना सिकिस्त बिरामीको उपचार नगर्नू। त्यसैले रामटोलका बासिन्दाले वीरगंज पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय युवक अनिसकुमार गुप्ताको यसरी दाहसंस्कार गरेका हुन्। “अस्पतालले उपचार नगरी मान्छे मार्न थाल्यो, प्रहरीलाई शव चाहियो, मान्छे मरेपछि अब केको परीक्षण ?” वीरगंज–७ रामटोलका एक स्थानीयले भने, “युवकमा कोरोनाको कुनै लक्षण थिएन, श्वासप्रश्वासमा समस्या भएपछि अचानक उनको मृत्यु भएको हो।” वीरगंजमा कोरोनाको त्रास बढेको कारण उनको ह्ृदयघातबाट मृत्यु भएको हुन सक्ने चिकित्सकको भनाइ छ। उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई शुरूमा नारायणी अस्पताल लगियो, त्यसपछि नेशनल मेडिकल कलेजमा लैजाँदा बाटोमैं मृत्यु भएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरूले बताए। उनले भने, “नेशनल मेडिकल कलेजले बाटोमैं मृत्यु भइसकेको र परिवारजनबाट कालगतिले मृत्यु भएको हो, कुनै लक्षण थिएन भनेपछि हामीहरूले पनि खासै चासो राखेनौं।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here