सदस्यसचिव र मन्त्रीबीचको विवादले प्रतियोगिता स्थगित –बस्याल

प्रस, वीरगंज, १७ वैशाख/ राष्ट्रिय खेलकूद परिषदकी सदस्य नन्दा बस्यालले १०औं राष्ट्रिय खेलकूद प्रतियोगिता परिषद्का सदस्यसचिव तथा खेलकूदमन्त्रीबीचको विवादले स्थगित भएको आरोप लगाएकी छन् । जिल्ला खेलकूद विकास समिति पर्सा र जिल्ला तेक्वान्डो सङ्घ पर्साको संयुक्त आयोजनामा बुधवार जिल्ला खेलकूद विकास समितिको कार्यालय वीरगंजमा आयोजित कार्यक्रममा उनले सदस्यसचिव र मन्त्रीबीचको विवादले आगामी जेठ १३ गतेदेखि […]
राष्ट्रिय हक्की प्रतियोगितामा आर्मीको दुई जीत
काठमाडौं, १७ वैशाख/रासस विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार नै दुई सफलता प्राप्त गरेको छ । नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको च्यासल फूटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी सुरुआत गरेका हुन् । पुरुषतर्फ समूह ‘ए’मा रहेको आर्मीले गण्डकी प्रदेशमाथि ३–० गोलको जीत निकाल्दै सुखद […]
भोजपुर गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा
टक्सार (भोजपुर), १७ वैशाख/रासस आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ । चर्च ब्वाइज र एलएक्स सिटी मोरङबीच भएको खेलमा निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । पेनाल्टी सुटआउटमा पनि दुवैतर्फबाट बराबर तीन/तीन गोल […]
सातौं मकवानपुर गोल्डकपमा भिड्न बाराको महिला टीमको तयारी तीव्र

प्रस, निजगढ, १६ वैशाख/ बाग्मती प्रदेशको मकवानपुरमा आयोजना हुने सातौं मकवानपुर गोल्डकप प्रतियोगिताका लागि बाराको महिला टीमको तयारी तीव्ररूपमा भइरहेको छ । निजगढ, पथलैया, सिमरा, पिलुवा, डुमरवाना, लाल, रतनपुरलगायतका स्थानहरूबाट छनोटका लागि ४५ जनाभन्दा बढी सहभागी महिला खेलाडीहरूबाट २४ जना छनोटमा परेका छन् । निजगढ नगरपालिका–९ स्थित शहीद हीरालाल र·शालामा गत शनिवार भएको छनोट प्रतियोगिताबाट […]
ब्याटिङ रेकर्ड तोडिएपछि १४ वर्षीय सूर्यवंशी ‘नेक्स्ट सुपरस्टार’ घोषित

नयाँदिल्ली, १६ वैशाख/एएफपी १४ वर्षीय युवाले ३५ बलमा गरेको आइपिएल (इन्डियन प्रिमियर लिग) शतकले ब्याटिङ रेकर्ड तोडेपछि म·लवार किशोर वैभव सूर्यवंशीलाई ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार’ का रूपमा हेरिएको छ । बायाँ हाते ओपनर सूर्यवंशी सोमवार राजस्थान रोयल्सको गुजरात टाइटन्समाथि आठ विकेटको शानदार जीतमा टी–२० शतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडी बने । “यो सपना जस्तै […]
दुबई बुदोकान कपमा नेपाललाई छ स्वर्णसहित आठ पदक
काठमाडौं, १५ वैशाख/रासस नेपाली खेलाडीले दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा छ स्वर्ण र दुई रजतसहित आठ पदक जितेका छन् । नेपाल सितोरियो कराँते सङ्घका सचिवसमेत रहेका प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अञ्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण जिते । अप्रिल २६ र २७ तारिखसम्म भएको प्रतियोगितामा […]
विश्व च्याम्पियनशिपकी कांस्य विजेतासँग देवकी पराजित
काठमाडौं, १५ वैशाख/रासस नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एशियाली जुडो च्याम्पियनशिपमा बलियो प्रतिद्वन्द्वी म·ोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् । थाइल्यान्डको बैंककमा भएको प्रतियोगितामा महिला ५२ किलोमुनिको प्रतिस्पर्धामा देवकी विश्व च्याम्पियनशिपकी कांस्य विजेता नान्दिनसँग पराजित भएकी हुन् । उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिए । […]
गढीमाई प्रिमियर लिगको फाइनल खेल स्थगित

प्रस, वीरगंज, १४ वैशाख/ वीरगंज महानगर–२० अपौनीमा जारी गढीमाई प्रिमियर लिगको फाइनल खेल स्थगित भएको छ । सुधीर वारियर्स र ताम्भाश्रीबीच हिजो शनिवार भएको फाइनल खेल निर्धारित समय र त्यसपछिको सुपरओभरको खेल पनि बराबरी भएपछि आइतवार खेलाउने तालिका थियो । तर आज दुवै टीमको सहमतिमा खेल स्थगन भएको र अर्काे मिति तय नगरिएको आयोजक कमिटीले […]
राष्ट्रिय हक्की वैशाख १७ देखि हुने
काठमाडौं, १४ वैशाख/रासस नेपाल हक्की सङ्घको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता वैशाख १७ गतेदेखि हुने भएको छ । यही वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने आइतवार आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । खेलहरू ललितपुरको च्यासल […]
नेपाललाई एक स्वर्ण, छ रजत र पाँच कांस्यसहित १२ पदक
काठमाडौं, १४ वैशाख/रासस नेपालले दक्षिण एशियाली युथ टेबलटेनिस प्रतियोगितामा एक स्वर्ण, छ रजत र पाँच कांस्य पदकसहित १२ पदक जितेको छ । यू–१९ र यू–१५ उमेर समूहमा १४ स्वर्णका लागि आइतवार भएको प्रतिस्पर्धामा बाँकी १३ स्वर्ण भारतले कब्जा गऱ्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा यू–१९ ब्वाइज टीम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, […]