पर्सामा माघ २२ गतेदेखि एचपिभी खोप अभियान
प्रस, वीरगंज, १९ माघ/ पर्सा जिल्लामा एचपिभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सञ्चालनको तयारीस्वरूप जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाबीच अभिमुखीकरण तथा गोष्ठी कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालयको सभाहलमा स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा भएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खोप अभियानलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न […]
नारायणी अस्पतालका चिकित्सकद्वारा सडकमा धर्ना
प्रस, वीरगंज, १८ माघ/ नारायणी अस्पतालको पुनर्निर्माण हुनुपर्ने माग गर्दै सम्पूर्ण स्वास्थ्यकर्मीले शुक्रवार सडकमा धर्ना दिएका छन् । नारायणी अस्पतालको भौतिक संरचना जीर्ण भएको भन्दै डा नीरज सिंहको नेतृत्वमा चिकित्सकहरूले शुक्रवार बिहान प्लेकार्ड बोकेर सडकमा धर्ना दिएका हुन् । डा सिंहले नयाँ भवन निर्माणका लागि सरकारलाई दबाब दिन नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले पहिलोपटक त्रिभुवन राजपथ अवरुद्ध […]
पोखरियामा एचपिभी खोपबारे अभिमुखीकरण
दिनेश मिश्र, वीरगंज, १८ माघ/ पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा यही माघ २२ देखि २८ गतेसम्म पालिकाका १० वटा वडामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करीब अढाई हजारबालिकालाई खोप लगाइने पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र […]
स्ववियु निर्वाचनलक्षित नेविसङ्घद्वारा अन्तत्र्रिmया कार्यक्रम
प्रस, वीरगंज, १८ माघ/ नेपाल विद्यार्थी सङ्घ ठाकुर राम बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै शुक्रवार स्ववियु निर्वाचन र विद्यार्थीका अपेक्षा विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको छ । नेविसङ्घ, पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाराब क्याम्पसमा विगत १५ वर्षदेखि निर्वाचन हुन नसकेको अवस्थामा यसपटक देशभरिका त्रिविका आङ्गिक क्याम्पसहरूमा चैत ५ गते निर्वाचनको घोषणा भइसकेको बताउँदै उनले […]
कक्षा ९–१० कम्प्युटर विज्ञानको पाठ्यपुस्तक परिवर्तन
प्रस, वीरगंज, १८ माघ/ पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा ऐच्छिक विषयका रूपमा रहेको कम्प्युटर विज्ञानको नयाँ पाठ्यपुस्तक तयार गरेको छ । यस अन्तर्गत कक्षा ९ को पाठ्यपुस्तकमा कम्प्युटर सिस्टम, ब्लक प्रोग्रामिङ, वेब टेक्नोलजी, इन्टरनेट, सामाजिक सञ्जाल, साइबर सुरक्षा, पाइथनलगायतका विषयवस्तु समेटिएका छन् । त्यस्तै, कक्षा १० को कम्प्युटर विज्ञानमा कम्प्युटर नेटवर्क, डेटाबेस […]
शिवशक्ति कोटिहोम महायज्ञको तयारी पूरा
प्रस, वीरगंज, १८ माघ/ बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा माघ २३ गतेदेखि हुने शिवशक्ति कोटिहोम महायज्ञको सम्पूर्ण तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । महायज्ञ मूल समितिका अध्यक्ष शिवशङ्करप्रसाद यादवले माघ २३ गते मङ्गलवारदेखि शुरू हुने महायज्ञ एक महीनासम्म चल्ने बताए । उनले महायज्ञको सुरक्षाका लागि नौवटा सिसिटिभी र दुई सयजनाभन्दा […]
विद्यार्थीको विकासको लागि अतिरिक्त क्रियाकलाप –नगरप्रमुख
प्रस, परवानीपुर, १८ माघ/ वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापको अहम् भूमिका हुने बताएका छन् । उनले अतिरिक्त क्रियाकलापमा विद्यालय, शिक्ष्Fक, अभिभावक सबैले जोड दिनुपर्ने सुझाव दिए । नगरप्रमुख सिंहले आगामी शिक्ष्Fा पद्धति आधुनिक र वैज्ञानिक किसिमको हुने भएकोले सोही अनुरूपको शिक्ष्Fा विद्यार्थीलाई प्रदान गर्नुपर्ने स्पष्ट पारे । साउथजोन मावि, […]
अठराहामा निश्शुल्क आँखा शिविर, ३४ जनामा मोतीबिन्दु
प्रस, वीरगंज, १८ माघ/ जनमत पार्टी, पर्साले शुक्रवार वीरगंज महानगरपालिका–२६ अठराहामा निश्शुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ । शिविरमा ८८ जनाको आँखा परीक्षण गर्दा ३४ जनामा मोतीबिन्दु फेला परेको जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । मोतीबिन्दु फेला परेकाहरूको निश्शुल्क शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा गरिने स्वास्थ्य संयोजन महेश सिंह धामीले बताए । […]
चरेस मुद्दाका फरार रौनियार पक्राउ
प्रस, वीरगंज, १८ माघ/ पर्सा जिल्ला अदालतले चरेस मुद्दामा कैद र जरिवाना तोकेपछि फरार भएका एकजना व्यक्तिलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । वीरगंज महागरपालिका–१६ नगवा बस्ने ४१ वर्षीय चन्दनकुमार रौनियारलाई बिहीवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । २०६१/३/१३ गते पर्सा जिल्ला अदालतले लागूऔषध चरेस मुद्दामा दुई वर्ष सात महीना […]
बिपिएस कलेज खेलकूद सप्ताह
प्रस, वीरगंज, १८ माघ/ बिपिएस कलेजमा बुधवारदेखि शुरू भएको खेलकूद सप्ताह अन्तर्गत शुक्रवार तेस्रो दिन कबड्डी र खो खो खेल सम्पन्न भए । पहिलो दिन बुधवार ब्याटमिन्टन र फूटबल, दोस्रो दिन लुडो, चेस, स्किपिङ, टग अफ वार खेल भएका थिए भने आज तेस्रो दिन कबड्डी र खो खो खेल सम्पन्न भएका हुन् । खेलकूद सप्ताहमा […]