विवाहको न्यूनतम उमेर
नेपाल सरकारद्वारा विवाहको न्यूनतम उमेर १८ वर्ष कायम गर्ने अध्यादेश संसद्मा पेश भएसँगै विभिन्न सङ्घसंस्थाहरूले यसप्रति असहमति जनाउँदै आएका छन् । उनीहरूले २० वर्षकै कानूनी व्यवस्था कायम राख्न माग गरेका छन् । यस सम्बन्धमा सर्लाही जिल्लालगायत मुलुकभर विभिन्न सामाजिक सङ्घसंस्थाहरूले सरकारलाई ध्यानाकर्षण गराउँदै विवाहको उमेर घटाउने निर्णय पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । बालविवाहको रोकथाम […]
२०८१ माघ २२ गते मङ्गलवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्
बगरमा भेटिएको शिशुलाई दम्पतीले संरक्षणमा लियो
प्रस, वीरगंज, २० माघ/ पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर खोलाबगरमा गत पुस २६ गते भेटिएको शिशुलाई एक दम्पतीले संरक्षणमा लिएको छ। त्यस दम्पतीले कानूनी प्रक्रिया पूरा गरी बेवारिसे शिशुलाई आधिकारिकरूपमा जिम्मा लगाइएको गापा उपाध्यक्ष्F ममतो महतोले जानकारी गराइन्। विगत एक महीनादेखि नवजात शिशुको उपचार तथा हेरचाह नारायणी अस्पतालको ओसिएमसी वार्डमा भइरहेको थियो। पालिका अन्तर्गत रहेको महिला तथा […]
खानेपानी नागरिकको मौलिक हक –मन्त्री यादव
प्रस, निजगढ, २० माघ/ सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी नागरिकको मौलिक हक भएकोले यसलाई सुनिश्चित गर्नुपर्ने बताउँदै यस विषयमा राजनीति गर्नु ठूलो अपराध र पाप हुने टिप्पणी गरेका छन्। आइतवार निजगढमा आयोजित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौं साधारणसभामा मन्त्री यादवले जनताको सेवा गर्नु नै राजनीति गर्नु हो जिकिर गरे। मन्त्री यादवका अनुसार निजगढ खानेपानी […]
जफत गरिएका अवैध ढुङ्गाको ठेक्का लागेन
प्रस, निजगढ, २० माघ/ बकैया खोलाबाट अवैधरूपमा निकालिएको र निजगढ नगरपालिका वडा नं ४ कछडिया बस्ती आसपासमा थुपारिएको अवस्थामा जफत गरिएको ढुङ्गाको ठेक्का अहिलेसम्म लागेको छैन। निजगढ नगरपालिकाले ठेक्का लगाउन विद्युतीय बोलपत्रमार्फत ३० दिने सूचना जारी गरे पनि आइतवार टेन्डर खोल्दा कुनै पनि इच्छुक कम्पनीले ढुङ्गा निकासीका लागि आवेदन नदिएको नगरपालिकाको राजस्व शाखाले जानकारी दिएको […]
वसन्त पञ्चमीको तयारीमा विद्यार्थी व्यस्त
प्रस, वीरगंज, २० माघ/ सोमवार वसन्त पञ्चमी मनाउन विद्यार्थीहरू व्यस्त देखिएका छन्। विद्यालय, कलेज, शैक्षिक संस्थानहरूमा सरस्वतीपूजाको तयारीलाई लिएर चहलपहल बढेको छ। आज विद्यार्थीहरूले मूर्ति खरीद गरी विद्यालय, कलेजतर्फ लगे भने बजारमा पूजा सामग्रीलगायत भोजका लागि किराना सामान खरीद गर्न व्यस्त देखिन्थे। विद्यालय, कलेजसँगै गाउँघरमा युवाहरूको समूहले टेन्ट गाडेर सरस्वतीपूजा गर्न मूर्ति राखेर सजाउने, पूजापाठ […]
जनमतको १३औं आँखा शिविर
प्रस, वीरगंज, २० माघ/ जनमत पार्टी पर्साले आइवार छिपहरमाई गाउँपालिका–५ भिस्वामा १३औं आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ। शिविरमा १८० जनाको आँखा चेकजाँच गर्दा ११० जनामा मोतीबिन्दु फेला परेको जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी गराए। मोतीबिन्दु फेला परेकाहरूको वीरगंज सामुदायिक आँखा केन्द्रमा निश्शुल्क शल्यक्रिया हुने उनले बताए। जनमतको लोककल्याणकारी अभियान अन्तर्गत निश्शुल्क आँखा […]
अध्यक्ष साहसहित दुईजनाविरुद्ध कारण देखाऊ आदेश
प्रस, रौतहट, २० माघ/ अदालतको अवहेलना मुद्दामा आमजनता पार्टीका अध्यक्ष प्रभु साहसहित दुईजनाविरुद्ध रौतहट जिल्ला अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले सामाजिक सञ्जालमा ‘रौतहट जिल्ला अदालतका न्यायाधीशहरू नेताका झोले’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवले जिल्ला अदालत रौतहटमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। आज आइतवार […]
सरकारी विद्यालयमा निश्शुल्क पानीको व्यवस्था –मन्त्री यादव
प्रस, वीरगंज, २० माघ/ देशभरका सामुदायिक विद्यालयमा शुद्ध तथा स्वच्छ खानेपानीको व्यवस्था गरिने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्। साउथ जोन सेकेन्ड्री स्कूलको १६औं वार्षिकोत्सव कार्यक्रममा उनले देशभरिका विद्यालय निश्शुल्क धारा जडानको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। अहिलेसम्म कुल जनसङ्ख्याको २७ प्रतिशतले खानेपानी सेवा लिइरहेकामा मन्त्रालयले आगामी एक वर्षभित्र शुद्ध खानेपानीको पहँुचलाई ५७ प्रतिशत जनसङ्ख्यासम्म पु–याउने […]
किशोरीहरूलाई साइकल, शैक्षिक सामग्री वितरण
प्रस, पोखरिया, २० माघ/ जीराभवानी र ठोरी गाउँपालिकाकाका ३५ जना किशोरीलाई आइतवार साइकल वितरण गरिएको छ। क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेशनको सहयोग र आसमान नेपालको आयोजनामा सञ्चालित ‘बालिकालाई पछाडि नपारौं’ परियोजना अन्तर्गत विद्यालय भर्ना भएका जीराभवानीका २८ जना र ठोरी गापाका सातजना गरी ३५ जना किशोरीलाई साइकल वितरण गरिएको हो। साइकल पाएका ती किशोरीहरूलाई विद्यालय पुग्न कम्तीमा […]