गणेशमान सिंहको सालिक अनावरण
चिरञ्जीवी सापकोटा, ठोरी, २० साउन/ ठोरी गाउँपालिका वडा नं २ को राईधारामा सर्वमान्य नेता गणेशमान सिंहको सालिक अनावरण गरिएको छ । शनिवार आयोजित कार्यक्रममा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सालिक अनावरण गरेका हुन् । गणेशमान सिंह स्मृति प्रतिष्ठान ठोरीका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री रिजालले ठोरीको विकासका लागि प्रतिबद्धता व्यक्त […]
सवारी व्यवस्थित गर्न तीन पाङ्ग्रेमाथि कडाइ
प्रस, वीरगंज, २० साउन/ वीरगंज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधन रिक्शा, ई–रिक्शा, अटोरिक्शालाई कारबाही शुरू गरेको छ । महानगरमा दर्ता नगरेर सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएकोले सोको नियमपूर्वक सञ्चालनमा नगरपालिका कार्यालयले चासो देखाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा यातायात व्यवस्था महाशाखाको संयुक्त […]
ब्राह्मण समाज नेपालको पोखरिया नगरस्तरीय पहिलो अधिवेशन सम्पन्न
प्रस, वीरगंज, २० साउन/ पोखरिया नगरपालिकाका ब्राह्मण समुदायको बृहत् भेलाले नगर कार्यसमितिको अध्यक्षमा अमलेश्वर मिश्र, उपाध्यक्ष वीरेन्द्र पाण्डेय, सचिव दिनेश मिश्र, सहसचिव ममता द्विवेदी तथा कोषाध्यक्षमा बृजेश द्विवेदीलगायत दुईजना महिलासहित १७ सदस्यीय कार्यसमिति चयन गरेकोे ब्राह्मण समाज नेपालका निवर्तमान जिल्ला सचिव बृजमोहन तिवारीले बताए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष देवनाथ उपाध्याय, संरक्षक नरेन्द्रनाथ तिवारी, निवर्तमान पर्सा […]
रूद्रप्रयाग पहिरोः तीनजनाको मृत्यु, १७ जना बेपत्ता
रूद्रप्रयाग, २० साउन/एएनआई रूद्रप्रयाग पहिरामा परी तीनजनाको मृत्यु भएको तथा अन्य १७ जना हराइरहेका सरकारी अधिकारीहरूले शनिवार बताएका छन् । केदारनाथ धामभन्दा १६ किलोमिटर वर अवस्थित रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा शुक्रवार गएको पहिरामा परी तीनजनाले ज्यान गुमाएका तथा अन्य १७ जना हराएका रूद्रप्रयाग जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिराले सडक किनारका पसल र खाना खाने […]
कृषिप्रधान देशमा खाद्यान्नकै चिन्ता !
ओमप्रकाश खनाल भारतले बासमतीबाहेकका चामलको निकासीमा रोक लगायो, कोलाहल नेपालमा भइरहेको छ । उसले आफ्नो आपूर्ति व्यवस्थापन असहज नहोओस् भन्नका लागि यो नीति लियो । हरेक देश आफ्नो व्यवस्थापन प्रभावकारी बनाउने खालका नीति ल्याउन स्वतन्त्र छन् । आफ्ना नीतिले छिमेकीलाई अप्ठेरो नपरोस् भनेर त्यस्ता नीतिका बावजूद खास छिमेकीका हकमा सहुलियत राख्छन् भने त्यो उदारता हो […]
देशको अर्थतन्त्र ट्र्याकमा आइसक्यो –अर्थमन्त्री डा महत
प्रस, वीरगंज, १९ साउन/ वीरगंज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र पछिल्लो केही वर्षमा ट्र्याकबाहिर गएकोमा अहिले ट्र्याकमा आइसकेको बताएका छन् । उनले नेपालको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा पुगेको दाबी गरे । देशको अर्थतन्त्र आर्थिक वृद्धितर्फ गएको हँुदा चालू आव २०८०/८१ बाट जनता एवं व्यवसायीले बैंकबाट ऋण पाउने वातावरण बन्दै गएको […]
२०८० साउन २० गते शनिवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
उच्च अदालतसँग छलफल कार्यक्रम
प्रस, वीरगंज, १९ साउन/ उच्च अदालत अस्थायी इजलास वीरगंजको आयोजनामा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत आवको न्यायसम्पादनसम्बन्धी विवरणसहितको कार्यपत्र उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलले प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा अघिल्लो आव २०७८/७९ बाट जिम्मेवारी सरेर आएका दुई हजार ६८३, […]
हत्कडीसहित भगाइएका लामाद्वारा सरेन्डर
प्रस, निजगढ, १९ साउन/ तीन दिनअघि हत्कडीसहित प्रहरीको कब्जाबाट गाउँलेले खोसेर फरार गराइएका टाँगियाबस्तीका ३५ वर्षीय सागर लामाले अन्ततः प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । उनलाई शुक्रवार दिउँसो प्रहरीले म्याद थपका लागि बारा जिल्ला अदालत लगेको र हिजोको मितिले पाँच दिनको म्याद थप गरिदिएको इप्रका, निजगढले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीस्थित सागरको घरमा स्वचालित […]
धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलको भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि
ओमप्रकाश चौधरी, सेढवा, १९ साउन/ पर्साको ग्रामीण क्षेत्रका बासिन्दाहरूको साउन महीनामा विभिन्न धार्मिक एवं पर्यटकीय स्थलमा भ्रमण गर्न जाने क्रम बढेको छ । अधिकांश किसानले वर्षेबाली धानको रोपाइँ सकाएकाले उनीहरू खेतीपातीपछि नेपाल र भारतका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्किन थालेका छन् । साउनमा विभिन्न स्थानका भगवान् शिवको धर्मस्थल तथा शक्तिपीठहरूको दर्शन गर्न किसानहरू खेतीपातीको […]