यौनजन्य अपराधमा तीन जोडी पक्राउ
प्रस, सर्लाही, १५ भदौ/ सर्लाही जिल्लाको बरहथवा नगरपालिका–५ बसपार्क क्षेत्रबाट नगरप्रहरीले यौनजन्य कार्यमा संलग्न तीनजना जोडीलाई पक्राउ गरेको छ । वडाध्यक्ष शिवकुमार सिंहको नेतृत्वमा नगरप्रहरीले बसपार्क क्षेत्रको मञ्जुश्री कोल्ड स्टोरेज र त्रिमूर्ति होटल एन्ड गेस्ट हाउस तथा सोको गल्लीमा घर भाडामा लिएर यौनजन्य कार्य गर्दै आएका मानिसहरूमध्ये शुक्रवार तीनजना जोडीलाई पक्राउ गरेको छ । बसपार्क […]
नेपाली काङ्ग्रेसद्वारा मधेस सरकारको ध्यानाकर्षण
प्रस, वीरगंज, १५ भदौ/ नेपाली काङ्ग्रेस मधेस प्रदेशको स्वास्थ्य विभागले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्यको समस्या, जटिलता र त्यसको प्रभावकारी निदानका लागि मधेस प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि पनि स्वास्थ विभागले ध्यानाकर्षण गराएको तथा हिजो बसेको नेपाली काङ्ग्रेस मधेस प्रदेशको संसदीय दलको बैठकमा प्रदेशमा देखिएका स्वास्थ्य जटिलता र दीर्घकालीन प्रकृतिका रोग हल […]
लालबन्दीमा गोलभेंडा १६ रुपैयाँ किलो
नितेश कर्ण, वीरगंज, १५ भदौ/ सर्लाही जिल्लाको लालबन्दी बजार गोलभेंडाको लागि प्रख्यात छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लालबन्दी बजारमा अहिले गोलभेंडा थोकमा रु १६ प्रतिकिलोमा पाइँदैछ । यहाँका किसानहरू अहिले प्रतिकिलो रु १६ पाएकामा निकै खुशी छन् । यसअघि गोलभेंडाको सिजनमा दुई रुपैयाँ किलोमा बिक्री गर्नुपर्दा किसानहरूले गोलभेंडालाई सडकमा फालेर विरोध प्रदर्शन गरेका थिए । […]
साउदी अरबमा पूर्वशिक्षकलाई मृत्युदण्ड
रियाद, १५ भदौ/एएनआई साउदी अरबको एक अदालतले एकजना पूर्वशिक्षकलाई फाँसीको फैसला सुनाएको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार नियन्त्रणमा सरकार निष्क्रिय रहेको तथा मानव अधिकार उल्लङ्घनका घटनामा प्रतिक्रियाविहीन बनेको टिप्पणी गरेका उनलाई मृत्युदण्डको सजाय सुनाएको अमेरिकी प्रसारण संस्था केबल न्यूज नेटवर्क (सिएनएन)ले जनाएको छ । आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले […]
चिन्तारोग वा एङजाइटी डिसअर्डर
डा शिवशङ्कर यादव चिन्तालाई पहिले न्युरोसिस भनिन्थ्यो जसलाई १७७७ मा स्काटिश वैज्ञानिक विलियम कुलेनले नाम दिए । न्युरोसिसमा न्युरोनको मतलब नर्भ र ओसिसको मतलब असामान्य अवस्था हुन्छ । तर वास्तवमा यो नर्भको होइन मनको असामान्य अवस्था हो । त्यसैले १८८४ मा वैज्ञानिक सोरेनले यसको एङजाइटी डिजार्डरको नाम दिए जसलाई अमेरिकन एसोसिएशन अफ साइकियाट्रीले पनि स्वीकार […]
दी अमेरिकन लाइफ–४७
विश्वराज अधिकारी शौचालय र पिउने पानी निश्शुल्क संसारभरिमा एउटा भनाइ अति प्रचलित छ । त्यो के भने–‘अमेरिकामा शौचालय प्रयोग गर्न र पिउने पानीका लागि शुल्क भुक्तान गर्नुपर्दैन । कुनै स्थानमा राखिएको शौचालय प्रयोग गर्न वा पानी पिउन पैसा तिर्नुपर्दैन । सरकारी वा निजी स्तरमा राखिएका शौचालयहरू प्रयोग गर्दा पनि प्रयोगकर्ताले कुनै किसिमको शुल्क भुक्तान गर्नुपर्दैन […]
राजेश्वर नेपालीसित केही भेट
सञ्जय मित्र भाषा, साहित्य र पत्रकारिताका त्रिवेणी राजेश्वर नेपालीले आफ्नो जीवनको गौरवमय ६० वर्ष यसैमा लगानी गरे । सम्भवतः उनी इतिहास निर्माण गर्नकै लागि अवतार लिएका थिए । भाषा र साहित्यमा मेरो पनि रुचि छ । यसै रुचिका कारण कतिपय मानिसका निकट उभिने साहस दिएको छ । कतिपय मानिसको चरणस्पर्श गर्न सक्ने बनाएको छ । […]
वैज्ञानिक शिक्षा र रोजगार स्वदेशमैं हुनुपर्छ
बैधनाथ श्रमजीवी सामान्यतया पुस्तकलाई ज्ञानको भण्डार भनिन्छ र पुस्तकालयलाई विद्याको सागर भनिन्छ । पुस्तकालयलाई जति व्यवस्थितरूपमा प्रयोग गर्न सकियो, त्यति नै विद्या आर्जन गर्न मदत पुग्छ । अफ्रिकाको राष्ट्रपति नेल्सन मन्डेलाले भनेका थिए– “कुनै पनि व्यक्ति, समाज वा देशलाई बिगार्नु/बर्बाद गर्नु छ भने त्यहाँ धर्म लगिदिने तर कुनै पनि व्यक्ति, समाज वा देशलाई समृद्ध/विकास गर्नु […]
बेरोजगारी समस्या
हाम्रो मुलुकका विभिन्न समस्यामध्ये बेरोजगारी समस्या प्रमुख समस्याको रूपमा छ । सामान्यतया कुनै पनि काम गर्न योग्य, काम गर्ने इच्छा र तत्परता देखाउँदा देखाउँदै पनि उसले काम गर्ने अवसर पाउँदैन भने त्यसलाई बेरोजगारी भनिन्छ । अर्थात् शारीरिक तथा मानसिकरूपमा काम गर्न सक्षम, उमेर पुगेको तर पारिश्रमिक प्राप्त हुने काम नपाएका जनशक्ति नै बेरोजगारी हो । […]
सात महीनादेखि बचतकर्ताको रकम लिएर बेपत्ता यादगार सहकारीका सञ्चालक सदस्यद्वारा पाण्डेविरूद्ध मिटरब्याजीको मुद्दा दायर
प्रस, वीरगज, १४ भदौ/ यादगार बचत तथा ऋण सहकारी संस्था रानीघाटले बचतकर्ताहरूको लाखौं रूपैयाँ लिएर बेपत्ता भएको सात महीना बितेको छ तर यो बीचमा प्रहरी प्रशासनले बचतकर्ताहरूको रकम फिर्ता गर्न सकेको छैन भने उल्टो सहकारीका सञ्चालकहरूले दिएको मिटरब्याजी सम्बन्धी कसूरमा निजहरूको पक्षमा वकालत गर्दै आएका देखिएको छ । यादगार बचत तथा ऋण सहकारी संस्था रानीघाटका […]