२०८० भदौ १७ गते आइतवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
रोजगार गुमेर गाउँ फर्कने युवाहरूको सङ्ख्या बढ्दै
ओमप्रकाश चौधरी, सेढवा, १६ भदौ/ देशमा जारी आर्थिक मन्दीले युवाहरूको रोजगार सङ्कटमा परेको छ । देशका विभिन्न ठूला शहरमा कार्यरत पर्साका युवाहरू रोजगारबाट विस्थापित भई गाउँ फर्किन थालेका छन् । जिल्लाका ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर गाउँपालिका, पर्सागढी नगरपालिकालगायतका युवाहरू गाउँ फर्किरहेका पटेर्वासुगौली गाउँपालिका घर भई काठमाडौंमा बसोबास गरिरहेका विजय चौधरीले बताए । कोभिड महामारीपछि […]
१२ जना महिलासहित १५४ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, १६ भदौ/ पर्साका दुई स्थान र बाराको एक स्थान गरी शनिवार सम्पन्न तीन ठाउँका रक्तदान कार्यक्रममा १२ जना महिलासहित १५४ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए । नेपालका लागि नेपाली पार्टी, पर्साद्वारा वीरगंजको घण्टाघरमा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका प्राविधिक प्रमुख पाण्डेले बताए । जिल्ला […]
पत्रकारिताको नाममा ठगी भइरहेको छ –अध्यक्ष तिवारी
प्रस, वीरगंज, १६ भदौ/ वीरगंजबाट प्रकाशित वीरगंज सञ्जाल दैनिकको प्रथम तथा वीरगंज सञ्जाल डटकमको पाँचौं वार्षिकोत्सव कार्यक्रम नेपाल पत्रकास महासङ्घ पर्सा शाखामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले पत्रकारिताको नाममा ठग्ने काम भइरहेकाले सो कार्य रोक्न जरुरी रहेको बताए । उनले समाजप्रति उत्तरदायी नहुने तर समाजलाई […]
युवकको मृत्युको चार दिनपछि एलएस न्यूरो अस्पतालमा तोडफोड
प्रस, परवानीपुर, १५ भदौ/ बारा, परवानीपुर गाउँपालिका–५ स्थित एलएस न्यूरो अस्पतालमा तोडफोड भएको छ । उपचारको क्रममा एक युवकको मृत्यु भएको चार दिनपछि शनिवार ती युवकका आफन्तजनले अस्पतालमा पुगेर वार्ता चलिरहेको अवस्थामा ढुङ्गामुढा गर्दा अस्पतालको सीसा, सिसिटिभी क्यामरा, ल्याब तथा फार्मेसी वार्डमा समेत तोडफोड भएको छ । तोडफोड घटनामा संलग्नमध्ये पाँचजनालाई हिरासतमा लिएर अनुसन्धान अघि […]
जोहानेसबर्ग आगलागी : बाह्र बालबालिकासहित छयत्तरजना जले
जोहानेसबर्ग, १६ भदौ/एपी दक्षिण अफ्रिकाको जोहानेसबर्गको मध्यभागमा अवस्थित एउटा पाँच तले भवनमा आगो लाग्दा ७५ जनाभन्दा बढीको जलेर ज्यान गएको छ भने अन्य ८८ जना घाइते भएका छन् । शुक्रवार दुईजना घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको हो । स्वास्थ्यमन्त्री जो पहालाका अनुसार ६२ जनाको शरीर पहिचान गर्न नसकिने गरी […]
नेपाल राष्ट्रिय माविमा पानी अभाव
प्रस, निजगढ, १५ भदौ/ बाराको निजगढ नगरपालिका–१ सिगौलमा रहेको नेपाल राष्ट्रिय माविमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले वर्षौंदेखि पानीको समस्या झेल्दै आइरहेका छन् । यो विद्यालयमा आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् र शिक्षक-शिक्षिका, कर्मचारी गरी २५ जना छन् । घरबाट विद्यालय जाँदा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू पानी अभावका कारण तिर्खा नलागोस्, दिसापिसाब नआओस् भनेर भगवान्सँग […]
२०८० भदौ १६ गते शनिवार को प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
पर्सामा दुईजना मिटरब्याजीलाई मात्र कारबाही
प्रस, वीरगंज, १५ भदौ/ जिल्ला प्रशासन कार्यालय, पर्साले दुईजनाविरुद्ध मात्र मिटरब्याजीमा कारबाही प्रक्रिया अगाडि बढाएको छ । जिप्रका, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जेठ २४ गतेदेखि अहिलेसम्म मिटरब्याजीमा दुईजनालाई मात्र कारबाही गरिएको बताए । उनले जेठ २४ गतेदेखि पर्सामा मिटरब्याजीसम्बन्धी उजूरी लिन शुरू भएको र भदौ १२ गतेसम्म एक हजार ३२१ जनाको उजूरी […]
लायन्स क्लबको सहयोगमा केडिया आँखा अस्पतालमा सर्जिकल रेटिना सेटअप
प्रस, परवानीपुर, १५ भदौ/ केडिया आँखा अस्पताल, परवानीपुरमा सर्जिकल रेटिना सेटअप शुभारम्भ भएको छ । वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले रेटिना सेटअपको शुक्रवार उद्घाटन गर्दै शुभारम्भ गरेका हुन् । अस्पतालको सभाहलमा आयोजित उद्घाटन समारोहमा नगरप्रमुख सिंहले केडिया आँखा अस्पताल मध्य तराईकै सबैभन्दा पुरानो अस्पताल भएको चर्चा गर्दै उनले अस्पतालको सेवामा थप योगदान पुग्ने बताए । […]