राधेश्याम पटेल, परवानीपुर, १५ फागुन/
नेपालका लागि युएईका राजदूत सइद हमदन अल नकबीले नेपाली चिकित्सकका लागि युएई उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन्। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा वीरगंजमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा राजदूत नकबीले युएईको स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको जानकारी दिए।उनले नेपाली चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको लागि आफ्नो मुलुक अवसरको रूपमा रहेको बताए। कलेजको सभाकक्षमा आयोजित कार्यक्रममा उनले २१ जना मिर्गौलारोगीलाई जनही १५ हजार नगद र लत्ताकपडा सहयोग प्रदान गरेका थिए। नेपालमा राजदूत भई चार वर्षको अनुभव सँगालेका नकबीले नेपाल र युएईबीच परस्पर मित्रताको सम्बन्ध तथा व्यापार प्रवर्धन प्रगाढ हुँदै गएको दाबी गर्दै युएई सरकार नेपालको विकास कार्यमा सहयोग गर्न तत्पर रहेको बताए। नेपाली लगानीकर्ताहरूलाई दुबईमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे।
कलेजका अध्यक्ष डा जैनुद्दीन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा प्रमोद सर्राफले कलेजले सयजना मिर्गौलारोगीलाई डायलसिस सेवा उपलब्ध गराइरहेको जानकारी गराए।
बिएस्सी नर्सिड्ढी विद्यार्थी इशा रेग्मीले सहजीकरण गरेको कार्यक्रममा कलेजका प्रिन्सिपल कृष्णनन्दन सिंह, मेडिकल एडुकेशन निर्देशक डा एके कोशीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कलेजका प्रबन्ध निर्देशक डा बसरुद्दीन अन्सारीले राजदूत नकबीलाई मायाको चिनो प्रदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here