प्रस, बारा, १५ फागुन/
बाराको प्रसौनी गाउँपालिका वडा नं ३ नौतनमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा तीनजना महिलासहित ११२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ। वडा नं ३ वडा कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले गरेका थिए।
रक्तदान गर्नेहरूमा प्रशान्त साह, सिद्धार्थ साह, सागर साह, विकास पटेल, सौरभ साह, धीरजकुमार चौरसिया, आरति साह, पूनम यादव, महिमा साललगायत रहेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।
कार्यक्रममा बारा क्षेत्र नं ४ का सांसद एकबाल मियाँ, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गीता देवी, वडाध्यक्ष बैजनाथ गुप्ता, मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफलगायतको सहभागिता थियो।