प्रस, धनुषा, १४ फागुन/
उच्च अदालत जनकपुरधामले चालू आर्थिक वर्षका लागि दुर्ई हजार ९५८ मुद्दा फछ्र्याेट गर्ने लक्ष्य लिएको छ। सोमध्ये यही माघ मसान्तसम्म ५९८ वटा मुद्दा फछ्र्योट भएको छ। सो सङ्ख्या लक्ष्यभन्दा निकै कम भएको अदालत स्रोतले जनाएको छ।
फछ्र्योट मुद्दा सङ्ख्या लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत मात्रै हो। कोभिड–१९ सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्य अनुसार मुद्दा फछ्र्याेट नभएको अदालतले पत्रकार सम्मेलनमार्फत शुक्रवार जानकारी दिएको छ। सञ्चारकर्मीहरूसँगको अन्तत्र्रिmया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिस्ट्रार खगराज अधिकारीले मुद्दाको विविध पक्षबारे जानकारी दिएका थिए।
रजिस्ट्रार अधिकारीका अनुसार गत वर्षबाट सरिआएको एक हजार ६८२ मुद्दा र चालू आर्थिक वर्षको दुर्ई हजार ५५१ गरेर कुल चार हजार २३३ मुद्दा फछ्र्याेट गर्ने अदालतको लक्ष्य छ। मुद्दाको धेरै चाप भएपनि जनशक्ति अभावका कारण लक्ष्य अनुसार मुद्दा फछ्र्याेट हुन नसकेको उनले बताए। रजिस्ट्रार अधिकारीले गरीब तथा विपन्न वर्गको कानूनी रक्षा गर्न अदालतले निश्शुल्क कानून व्यवसायी उपलब्ध गराएको पनि जानकारी दिए।
उच्च अदालत जनकपुरको ९६ वटा दरबन्दीमा अहिले ५६ जना मात्रै कार्यरत रहेको रजिस्ट्रार अधिकारीले जानकारी दिए।