प्रस, वीरगंज, १४ फागुन/
सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम शुक्रवार कलैया उपमहानगर–१० स्थित नेरामाविमा सम्पन्न भएको छ।
दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्च र जनजागरण सामाजिक संस्थाको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र मटिअर्वाको सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चौधरीले गरेका थिए। उनले युवा तथा बालबालिका सामाजिक कुरीतिविरुद्ध जागरूक हुनुपर्ने धारणा व्यक्त गरे।कार्यक्रममा वक्ताहरूको मन्तव्य सुनिरहेका उपस्थित छात्रछात्राहरूले सामाजिक कुरीतिविरुद्धको अभियानमा ताली बजाएर सहमति जनाएका थिए।
कार्यक्रममा प्रधानाध्यापक रामबाबू कुशवाहा, जीतेन्द्र पासवान, शिक्षिका गीतादेवी कुशवाहा, वडासदस्य समसुलहक देवान, प्रकाश थारू, मटिअर्वा प्रहरी चौकीका प्रहरी निरीक्षक टीकाराम बराल, शिवम मेहता, सचिन मेहतालगायतको सहभागिता थियो। कार्यक्रममा शिक्षक सुरज पण्डितले स्वागत र सञ्चालन कन्हैया पटेलले गरेका थिए।