प्रस, बिरूवागुठी, १२ फागुन/
प्रतीक दैनिकका बिरूवागुठी संवाददाता बलिराम शुक्लालाई धम्की दिनेहरूलाई आज बिरूवागुठी प्रहरी चौकीले पक्राउ गरी माफी मगाएर छाडेको छ।
नदीजन्य पदार्थ उत्खननमा भएको अनियमितताबारे समाचार प्रकाशित भएपछि पत्रकार शुक्लालाई पर्सागढी नगरपालिका–२ बगवन्ना निवासी बिगा चौधरी, विजय चौधरीलगायत ५/६ जनाले मङ्गलवार शुक्लाको घरमा पुगेर परिवारजनलाई धम्की दिएका थिए।
सो घटनापछि पत्रकार शुक्लाले प्रहरी चौकी बिरूवागुठीमा उजूरी दिएका थिए। उजूरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्दा चौधरीलगायतले मदिराको नशामा धम्की दिएको र आइन्दा यस्तो नगर्ने शर्तमा छाडिएको प्रहरी इन्चार्ज जयप्रकाश पाण्डेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here