प्रस, वीरगंज, ११ फागुन/
पर्सा जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको खोप ४ हजार ८४० जनाले लगाएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए।फागुन २ देखि १० गतेसम्म सञ्चालित दोस्रो चरणको खोप ५ हजार १४१ जनालाई दिने लक्ष्य रहेकोमा ८८ प्रतिशत अर्थात् ४ हजार ८४० जनाले लिएको उनले जानकारी गराए। पहिलो चरणको खोप पर्सा जिल्लामा लक्ष्यभन्दा बढीले लिएका थिए। पहिलो चरणमा ४ हजार ७९ जनालाई खोप दिने लक्ष्य रहेकोमा ५ हजार ६१ जनाले खोप लिएका थिए।
दोस्रो चरणमा जनप्रतिनिधि, सरकारी कर्मचारीहरूले कमै खोप लिएको उनले बताए। विविध कारणले सरकारी कर्मचारीहरू र जनप्रतिनिधिले खोप नलिएको उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here