प्रस, वीरगंज, १० फागुन/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले ज्येष्ठ नागरिकको हकमा महानगर सदैव सहयोगको लागि तत्पर रहने बताएका छन्।
वीरगंज महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय ज्येष्ठ नागरिकहरूसँगको अन्तत्र्रिmयामा हिजो आइतवार नगरप्रमुख सरावगीले सो कुरा बताएका हुन्। उनले ज्येष्ठ नागरिकलाई महानगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर जारी रहने बताए। उनले ज्येष्ठ नागरिकहरूको लागि पार्क, बासस्थानको लागि महानगरपालिकाले स्थान हेर्दै आएको र निकट भविष्यमा यो कामलाई पूर्णता दिने प्रतिबद्धता जाहेर गरे।
अन्तत्र्रिmयामा कोरोना सङ्क्रमित ज्येष्ठ नागरिक हरि अधिकारीले सङ्क्रमित भएको बेलाको अनुभव सुनाएका थिए। उनले डा नीरज सिंहको परामर्शमा सङ्क्रमणको बेलामा ठूलो सहयोग पाएको र मनोवैज्ञानिक फाइदा भएको बताए। उनले चिकित्सकीय सल्लाहमा सङ्क्रमणबाट निजात पाउन सक्ने बताउँदै सबैलाई अनुसरण गर्न आग्रह गरे।
डा नीरज सिंहले कोरोना सङ्क्रमितका लागि चिकित्सकले निभाउनुपर्ने दायित्वका बारेमा जानकारी गराएका थिए। उनले कोरोनाको सुरूआत पर्सा जिल्लाबाट भएपनि अहिले यो जिल्ला अन्य जिल्लाको हकमा सबैभन्दा सुरक्षित भएको बताए।
डा सिंहले कोरोना सङ्क्रमणसँगै अहिले खोप आइसकेको र प्राथमिकताको आधारमा खोप लगाउने कार्य जारी रहेको भन्दै सबैलाई खोप लगाउन आग्रह पनि गरे। उनले पर्सा जिल्लाबाट अहिले कोरोना हटे पनि सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने र मास्क अनिवार्य लगाउनुपर्ने बताए। उनले कोरोनालाई पूर्णरूपमा बिदाइ नगरून्जेलसम्म स्वास्थ्य सुरक्षाका सबै विधि अपनाउन सुझाए। खासगरी ज्येष्ठ नागरिकहरूले स्वास्थ्य सुरक्षाका विधिहरूलाई अवलम्बन गर्नुपर्ने उनको सुझाव थियो।
अन्तत्र्रिmयामा डा रामअवतार खेतानले कोरोनाको खोप ककसले लिनुपर्ने भन्नेबारे जानकारी गराए। उनले रगत पातलो गर्ने औषधि सेवनकर्ताले चिकित्सकीय सल्लाहमा मात्र खोप लिन सुझाए।
वीरगंज महानगर स्वास्थ्य शाखा प्रमुख अरूण महतोले वीरगंज महानगर ज्येष्ठ नागरिकमैत्री भएको दाबी गरे। उनले ज्येष्ठ नागरिकको हकमा महानगरले सक्दो सहयोग गर्ने आश्वासन दिए।
नगरप्रमुख सरावगीको अध्यक्षतामा भएको अन्तत्र्रिmयामा ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष जगदीशप्रसाद शर्मा, उपप्रमुख शान्ति कार्कीलगायतको सहभागिता थियो।