प्रस, वीरगंज, १० फागुन/
जनता समाजवादी पार्टीका नेताहरूले वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापन बुझाउँदै हालै उद्घाटन गरिएको शहीद स्मारकमा २०६२/०६३ आन्दोलनका शहीदहरूको पनि सालिक राख्न माग गरिएको छ। २०७२/०७३ को आन्दोलनमा शहीद भएकाहरूको मात्र सालिक अनावरण भएको तर २०६२/०६३ आन्दोलनका शहीदहरूलाई उपेक्षा गरेको भन्दै तत्काल सो ठाउँमा सालिक राख्नुपर्ने माग गरिएको छ।२०६२/०६३ आन्दोलनमा शहीद भएका दीपेन्द्र साह, वीरबल मुखिया बिन र महावीर गिरीको सालिक राख्नुपर्ने माग गर्दै जसपाका नेताहरू राजेशमान सिंह, शशिकपूर मियाँ, जनार्दन यादव, प्रेमबाबू पटेललगायतले नगरप्रमुख सरावगीलाई ज्ञापनपत्र बुझाएका थिए। नगरप्रमुख सरावगीले ज्ञापनपत्र बुझ्दै चाँडै सालिक राख्ने प्रतिबद्धता व्यक्त गरे।
स्मारक उद्घाटनका दिन शहीद परिवारका व्यक्तिहरूले कार्यक्रम अवरोध गर्न खोजेका थिए। उनीहरूले आन्दोलनमा घरको सदस्य गुमाएको दुःख व्यक्त गर्दै शहीद स्मारकमा शहीदको अपहेलना भएकोमा दुःखेसो पोखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here