प्रस, वीरगंज, १० फागुन/
निर्वाचन क्षेत्र नं ४ ‘ख’का प्रदेश सांसद सिंहासनसाह कलवारले सोमवार दलित बस्तीमा २५ वटा घरनिर्माणको लागि शिलान्यास गरेका छन्।
जनता आवास कार्यक्रम अन्तर्गत चालू आवको लागि २५ वटा घरको निर्माणको लागि कालिकामाई गाउँपालिका–१ मुडलीको मुसहर बस्तीमा शिलान्यास कार्यक्रम भएको हो।
चालू आवको लागि पर्सा जिल्लामा ९ सय २५ वटा घरनिर्माणका लागि नेपाल सरकारले रकम पठाएको र प्रतिघर रू ३ लाख ४७ हजार तथा रू ३० हजार जनश्रमदान गर्ने गरी चालू आवभित्र घरनिर्माण गर्ने योजना रहेको कलवारले बताए। उद्घाटन कार्यक्रममा प्रदेश सदस्य मदन चौहान, जिल्ला सदस्य रामबाबू चौरसिया, स्थानीय जयनारायण पटेल, देवेन्द्र पटेल, राधाकृष्ण चौरसिया, हिमाञ्चल कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए।