वन कार्यालयद्वारा बिरुवा वितरण

प्रस, पर्सागढी, ३२ साउन/
    सबैया सबडिभिजन वन कार्यालयले समुदायमा गएर बिरुवा वितरण गर्न शुरू गरेको छ।
    दुई वर्षदेखि नर्सरीमा उत्पादन गरिएको बिरुवा लकडाउन र निषेधाज्ञाको कारण वितरण हुन सकेको थिएन। वन कार्यालयले समुदायमा बिरुवा लिनको लागि बारम्बार सूचित गर्दा पनि लकडाउन र निषेधाज्ञाले उनीहरू वन कार्यालयमा बिरुवा लिन नगएका कारण समुदायमा गएर वितरण गरिएको हो। प्रत्येक वर्ष समुदायका मानिसले नर्सरीमा गएर बिरुवा लिएर आउँथे। यसपटक उनीहरू नगएपछि वन कार्यालयले ट्याक्टरमा बिरुवा राखेर समुदायमा वितरण गरेको सबैया सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत फरमान मियाँले बताए।  
    वीरगंज महानगर–२९, ३१, ३२ वडाका मानिसले बिरुवा माग गरेका र उनीहरूलाई बिरुवा वितरण गरिएको सबैया साझेदारी वन उपभोक्ता समिति, पर्साका अध्यक्ष लखनलाल साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here