प्रस, सिम्रौनगढ, ७ फागुन/
सिम्रौनगढ नगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा झन्डोत्तोलन गरेको छ।
नगरप्रमुख विजयशङ्कर यादवले झन्डोत्तोलन गर्दै प्रजातन्त्रको कारण एकतन्त्रीय शासन हटेको र जनताको छोराछोरीले राष्ट्र हाँक्ने मौका पाएको बताए।
उनले प्रजातन्त्र सर्वोत्तम व्यवस्था भएको र यसमा कसैको गुनासो नहुने, कसैले पनि आफ्नो अभिव्यक्ति दिन सक्ने बताए। उनले पहिलेका राम्रा कुरालाई सम्झेर अहिलेको लक्ष्य पूरा गर्नुपर्ने बताए। नगरप्रमुख यादवको अध्यक्षतामा भएको कार्यक्रममा नायब सुब्बा राजु यादव, शिक्षा संयोजक नुराजम सिद्धिकीले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा इप्रका सिम्रौनगढका प्रनि दीपक सुवेदी, सशस्त्र प्रहरी गोलागंजका विष्णु श्रेष्ठ, नगरप्रहरी प्रमुख रवीन्द्र यादवलगायतको सहभागिता थियो।
यसैगरी, सिम्रौनगढ नगरपालिकाले दिवसको अवसरमा वृक्षरोपण गरेको छ। नगरप्रमुख यादवले मलेसियाली सालको वृक्ष रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए।
कार्यक्रममा जनप्रतिनिधि, प्रहरी, कर्मचारी, स्थानीयको सहभागिता थियो। नगर क्ष्Fेत्रको सडकखण्डमा वृक्षरोपण गरिएको हो।