प्रस, निजगढ, ६ फागुन/
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालत र निर्वाचन आयोगले अपेक्षाविपरीत फैसला गरेमा देशमा चुनाव हुनै नसक्ने बताएका छन्।
बाराको निजगढमा बिहीवार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले पछिल्लो समय प्रतिनिधिसभा पुनस्र्थापना हुने सम्भावना बढेको छ, जसले सकारात्मक सङ्केत दिन थालेको बताए।
अहिले पार्टी, कार्यकर्ता र सर्वसाधारणमा पनि सर्वोच्च अदालतले के फैसला गर्ला र नेकपाको आधिकारिकता कुन पक्षले पाउला भनेर निकै चासो बढेको भन्दै उनले जनता संसद् पुनर्बहालीकोे पक्षमा रहेको बताए। उनले निर्वाचन आयोगले पनि आफूहरूलाई नै आधिकारिकता दिने बताए। उनले भने– “हामीहरू अहिले निराश हुनुपर्दैन। आशावादी बनौं। विधि, प्रक्रिया, संविधानको पक्षमा अदालतले फैसला गर्नेछ। जुन हामीहरूले भन्दै आइरहेका छौं।
केही दिनअघि दुर्घटनाबाट निधन  भएका नेकपा केन्द्रीय कमिटी सदस्य डाचाराम वाग्लेको शोकसभामा सहभागी हुन सर्लाहीतर्फ जाँदै गर्दा अध्यक्ष दाहालले बाराका पार्टी कार्यकर्ताहरूसँग पनि भेटघाट गरेका थिए।
कार्यक्रममा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ, नेकपा नेता पुरुषोत्तम पौडेल, पार्टी बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, सचिव सुन्दर विश्वकर्मालगायतका नेता, कार्यकर्ताहरू सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here