प्रस, पर्सागढी, ५ फागुन/
कुखुराको कारण जगरनाथपुर गाउँपालिका–२ मा दुई पक्षबीच झगडा भएको छ। गाउँघरमा कुखुरा तथा बाख्रालाई छाडा छोड्दा पशुपक्षीले छिमेकीको धान, गहुँ खाने गरेपछि दैनिकजसो झैझगडा हुने गरेको छ।
स्थानीय बिहारी महतोको बाख्राले छिमेकी कोशिला देवीको घरमा पसेर नोक्सान गरेपछि दुई छिमेकीबीच झगडा भएको थियो। झगडामा बिहारी महतो र उनका छोरा कविलास महतोले कोशिला देवीलाई निर्घात कुटपिट गरेको पीडितले बताइन्।
यस विषयमा कोशिला देवीले प्रहरी चौकी जानकीटोलामा निवेदन दिएको भएपनि प्रहरीले कारबाई गर्न चासो नदेखाएको उनले बताइन्। गाउँघरमा छाडा पशुपक्षीले छिमेकको खेत चर्ने, धान, गहुँ खाइदिने गरेको कारण यस्ता झगडा दिनदिनै हुने गरेको छ।