प्रस, पर्सागढी, ३ फागुन/
पर्सागढी नगरपालिका वडा नं ३ पकडिया बडनिहारको खेलमैदानमा भइरहेको तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार वीरगंज युथ एकेडेमी र वाग्मती युवा क्लब सर्लाहीबीच भएको खेलमा वाग्मती युवा क्लब सर्लाही ०–२ गोलअन्तरले विजयी भएको छ।
सर्लाहीका विदेशी खेलाडी कोकनाले खेलको ३७औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल विजय घलानले मध्यान्तरपछिको १३औं मिनेटमा गरेका थिए। वीरगंज युथ एकेडेमीले भने गोल नै गर्न सकेन। आजको खेलको म्यान अफ दि म्याच वीरगंजका आदित्य शाक्य घोषित भए। उनलाई स्थानीय समाजसेवी बलराम यादवले सम्मानित गरेका थिए। मङ्गलवारको खेल हर्दी युवा समाज राप्ति चितवन र युजन फूटबल क्लब गाईघाट उदयपुरबीच हुने आयोजक क्लबका उपाध्यक्ष श्रवणकुमार थारूले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here