प्रस, वीरगंज, १ फागुन/
बारा जिल्लाका दुई स्थानमा भएको रक्तदान कार्यक्रममा पाँचजना महिलासहित १०१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
जीतपुरसिमरा उपमहानगर अन्तर्गत डुमरवाना कलेजमा आयोजित रक्तदान कार्यक्रममा ५ जना महिलासहित ५६ जनाले रक्तदान गरेका थिए।
सानोमैया सापकोटा, शर्मिला भण्डारी, अञ्जु चौधरी, शान्ता लामिछाने, महेश्वर मिश्र, सनराय थापा, सागर थाडेमगर, प्रकाश रिमाल, विशाल अधिकारी, देवकुमार मण्डल, निराजन पण्डितलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्रकी प्रFविधिक डिल्लीमाया घिमिरेले बताइन्।
यसैगरी, जीतपुरसिमरा उपमहानगर–१९ इनर्वासिरामा बजरङ्गी युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए। आफताब आलम, मुकेश महतो, रविकान्त हवारी, जैनुद्दीन देवान, हरेराम शर्मा, सुरेश यादव, सुमन यादव, रैफुल आलम, प्रदीप कुशवाहालगायतले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here