प्रस, पर्सागढी, १ फागुन/
पर्सागढी नगरपालिका कार्यालय भवनको शनिवार शिलान्यास भएको छ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया, प्रदेशसभा सदस्य राजेशवरसाह तेली, नगरप्रमुख लोकनारायण यादव र उपप्रमुख अर्चना चौधरीले संयुक्तरूपमा भवनको शिलान्यास गरेका थिए।
स्वच्छन्द निर्माण सेवा प्रालि काठमाडौंले १८ महीनामा सो भवन सम्पन्न गर्नेगरी ठेक्का सकार गरेको छ। गत माघ २६ गते भवन निर्माणको लागि सम्झौता भएको थियो भने आज शिलान्यास भएको हो।
पर्सागढी नगरपालिका वडा नं ८ मा भवन निर्माण हुँदैछ। शिलान्यास कार्यक्रममा वडाध्यक्ष किशोरीराउत अहिर, किसुनदेवप्रसाद यादव, वेदमनदास थारू, समसुद्दीनसाह देवान, नेका बुथ सभापति जङ्गबहादुरदास थारू, सरजु महतो, महाधिवेशन प्रतिनिधि अशोक गुप्ता, हरिन्द्र सिंह, नेका पर्सा जिल्ला सदस्य सुकमान तामाङ, नगरपालिकाका इन्जिनीयर जगविजय साहलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here