प्रस, रौतहट, ३० माघ/
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रमुख रामबन्धु सुवेदीले भ्रष्टाचारको उजूरीमा रौतहट तेस्रो स्थान रहेको बताएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख सुवेदीले प्रदेश नं २ का आठ जिल्लामध्ये रौतहट भ्रष्टाचारविरूद्ध उजूरी गर्नेमा तेस्रो स्थानमा रहेको बताए । सबैभन्दा बढी उजूरी धनुषा त्यसपछि सिराहा र तेस्रो स्थानमा रौतहट रहेको उनले स्पष्ट पारे ।
सो क्रममा उनले उजूरीको प्रकृति, उजूरीहरूको फछ्र्योटमा देखिएका समस्याहरू, सुशासन प्रवद्र्धनमा स्थानीयहरूको भूमिका, भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा वर्तमान चुनौतीबारेमा जानकारी गराएका थिए।
जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकबाल राय यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा परोहा नगरपालिकाका प्रमुख शेख वकीलले भ्रष्टाचार नियन्त्रण गर्न माथिदेखि लाग्नुपर्ने सुझाव दिए । माथिल्लो निकाय ठीक भए तल्लो निकायले भ्रष्टाचार गर्न नसक्ने उनले जिकिर गरे ।
कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले प्रत्येक स्थानीय तहमा अन्तत्र्रिmया गर्नुपर्ने सुझाव दिएका थिए । गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ताले जनताको इच्छा र आकाङ्क्षाअनुरूप काम गर्दै आए पनि चुनाव हारेकाहरूले उजूरी दिई मानसिक तनाव दिने गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्थापना भएको ३० वर्ष भएको बताउदै ३४ प्रतिशत उजूरी स्थानीयको रहेको बताए । उजूरी परेपछि निराकरण हुँदै जाने उनले बताए । प्रक्रिया नपुगेका उजूरीहरूको बारेमा अनुसन्धान हुँदै फछ्र्योट हुने बताउँदै उनले बाँकी रहेका उजूरी पनि सर्दै जाने बताए । यस आर्थिक वर्षको ७ महीना बितिसक्दा पनि कतिपय स्थानीय तहको परिषद् नभएको पनि उनले बताए । परिषद् नगर्ने स्थानीय तहको बजेट कटौतीको व्यवस्था गर्न उनले आग्रह गरे ।
कोष तथा लेखा नियन्त्रण कार्यालय गौरका प्रमुख ईश्वरीप्रसाद ढकालले निजी तथा सहकारी संस्थालाई पनि भ्रष्टाचारको छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।
मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले बोलपत्रमा कम दररेट राख्दा स्वीकृत गर्ने कि नगर्ने जस्ता प्रश्न गरेका थिए ।
पत्रकार प्रभात झाले पुरानो योजना अधूरो रहेकाले त्यसप्रति ध्यान जानुपर्ने सुझाव दिए ।