प्रस, निजगढ, ३० माघ/
निजगढमा युवा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तीन विधामा तीनजना पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेहरूमा गायनकलातर्पm प्राप्ति बज्यू, नृत्यकलातर्पm सम्झना पाख्रिन र उद्घोषण कलातर्पm हेमन्त लो उत्कृष्ट भएका हुन् । उनीहरूलाई कार्यक्रममा निजगढका प्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले प्रमाणपत्र, मेडल, नगद प्रदान गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख खनालले प्रतिभालाई यसरी नै पहिचान गरी उनीहरूको क्षमता, प्रतिभाहरूलाई बाहिर ल्याउने कार्य प्रशंसायोग्य रहेको बताए । कार्यक्रममा उपप्रमुख लामिछानेले वडाको यस कार्यलाई अनुसरण गर्दै अरू वडामा पनि युवाहरूका प्रतिभा पहिचान गरी उनीहरूको रूचिलाई विकास गर्नुपर्ने बताइन् ।
कार्यक्रममा निजगढ–१० का अध्यक्ष पद्मबहादुर मोक्तान, युवा समाजसेवी पेमासिद्धि लामा, प्रशिक्षक तथा निर्णायक भाइकाजी श्रेष्ठ, पत्रकार जीतलाल श्रेष्ठ, राम लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा गायिका सञ्जीता सिंह र सहभागी कलाकारहरूले गायन, नृत्य कलासमेत प्रस्तुत गरेका थिए ।
निजगढ–१० वडा कार्यालयको ३ लाख रूपैयाँको आर्थिक सहयोगमा निजगढ क्रिएटिभ स्कील डेभलपमेन्टको संयोजनमा एक सातासम्म परीक्षण गरिएकोे थियो । निजगढ क्रिएटिभ स्कील डेभलपमेन्टका सहसञ्चालक हरि गौतमले स्वागत गरेको कार्यक्रम क्रिएटिभ स्कीलका सञ्चालक विष्णुप्रसाद रिसालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमका संयोजक बलराम खड्काले सहजीकरण गरेको कार्यक्रममा सहभागी ४० जना युवा प्रतिभामध्ये विभिन्न विधामा तीनजना उत्कृष्ट घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here