प्रस, जनकपुरधाम, २८ माघ/
कुर्था–जयनगर रेलमार्गको लागि भाडादर कायम गरिने भएको छ। रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेलवे कम्पनी लिमिटेडले भाडादर सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको हो।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर दूरीको रेल भाडादर ७५ रुपैयाँ प्रस्ताव गरिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। यो भाडादर बस यात्रा सरह हो।
अरू सवारीसाधन जति नै हुने गरी भाडादर प्रस्ताव गरिएको महाप्रबन्धक भट्टराईले बताएका छन्। रेलमा सामान्य  र डिलक्स गरी दुई किसिमको सिटको व्यवस्था छ। सिट अनुसार भादादर पनि फरक छ। डिलक्स सिटका लागि भने भादादर महँगो छ। डिलक्समा सामान्यभन्दा चारदेखि पाँच गुणासम्म भाडादर महँगो पर्ने भएको छ। डिलक्सको लागि ३५ किलोमिटर दूरीका लागि ३७५ रुपैयाँ प्रस्ताव गरिएको नेपाल रेलवे कम्पनीले जनाएको छ। रेल नियमित सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भइसकेको कम्पनीले जनाएको छ।
भारतीय कम्पनी कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने र सोपश्चात् औपचारिक उद्घाटन गरी रेल सञ्चालनमा आउने रेलवे कम्पनीले जानकारी गराएको छ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जनकपुर रेलमार्ग सञ्चालनका लागि गएको असोज २ गते नै दुई सेट डेमो रेल जनकपुर आइसकेको छ। उक्त रेलमा एक हजार दुई सयदेखि एक हजार तीन सयजनासम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सकिने रेल विभागका प्राविधिकले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here