प्रस, वीरगंज, २७ माघ/
नेपाल पत्रकार महासङ्घ प्रदेश कमिटीले गत वर्षदेखि शुरू गरेको प्रदेश पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासङ्घ पर्साका पूर्वअध्यक्ष एवं प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ।
मङ्गलवार प्रदेश अध्यक्ष दीपेन्द्र चौहानको संयोजकत्वमा नेपाल फोटो पत्रकार महासङ्घ प्रदेश अध्यक्ष पङ्कज श्रेष्ठ र इकोनोमिक जर्नालिस्ट एशोसिएशनका अध्यक्ष विजय कुशवाहा रहेको पुरस्कार छनोट समितिले पत्रकार नेपाललाई पुरस्कार दिने निर्णय गरेको पत्रकार महासङ्घ प्रदेश कमिटीका सचिव गुरुप्रसाद गौतमले बताए।
गत वर्षको यो पुरस्कार यसअघि नै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झालाई दिने निर्णय गरिएको थियो। दुवै पुरस्कार यही फागुन १ गते वीरगंजमा हुने प्रदेश साधारणसभामा वितरण गरिने सचिव गौतमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here