प्रस, सेढवा, २५ माघ/
समता समाज नेपालले पटेर्वासुगौली गाउँपालिकामा आयोजना गरेको प्रथम पटेर्वासुगौली गोल्डकपको आइतवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा वसन्तपुर युनाइटेड चितवनलाई पराजित गर्दै गढीमाई युथ एकेडेमी क्लब अपौनी फाइनलमा प्रवेश गरेको छ।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा अपौनीका अब्दुल्लाह एक्लैले चार गोल गरेका थिए। उनी सो क्लबबाट खेल्ने विदेशी खेलाडी हुन्। अब्दुल्लाहलाई नै म्यान अफ दि म्याचबाट पुरस्कृत गरियो। सोमवार दोस्रो सेमिफाइनल खेल वीरगंज युनाइटेड र वीरगंज युनिटीबीच हुने आयोजक कमिटीका अध्यक्ष मधुकान्त चौधरीले बताए।