प्रस, सेढवा, २४ माघ/
प्रथम पटेर्वासुगौली गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा बिएफसी चितवनलाई चार गोलअन्तरले पराजित गर्दै वीरगंज युनिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा वीरगंज युनिटीका विमल रानामगरले ह्याट्रिक गरे भने सन्त गुरुङले एक गोल गरेका थिए। आजको खेलमा म्यान अफ दि मैच वीरगंज युनिटीका विमल रानामगरलाई वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले नगद दुई हजार र ट्रफी प्रदान गरे ।
भोलि आइतवारदेखि सेमिफाइनल खेल शुरू हुने आयोजक संस्था समता समाज नेपालका अध्यक्ष मधुकान्त चौधरीले बताए । पहिलो सेमिफाइनल खेल गढीमाई युथ क्लब अपौनी र वसन्तपुर युनाइटेड चितवनबीच हुनेछ ।